७५ सय ७५ भित्र केस नम्बर हुने डिभी विजेता नेपालीलाई फरबरीमा भिसा


प्रकाशित मिति : पुस २, २०७६ बुधबार

आगामी फरबरी महिनाका लागि डिभी लोटरी मार्फत भिसा पाउने नेपालीहरुको केस नम्बर सार्वजनिक गरिएको छ । अमेरिकी सरकारले आज जारी गरेको भिसा बुलेटिन अनुशार आगामी जनवरीमा ७५ सय ७५ सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् ।

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गरिसकेका छन् । अक्टोबर महिनाका लागि १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसाको प्रकृया अगाडि बढाउन सक्नेगरी सिमाबन्दी तोकिएको थियो ।

तर नोभेम्बर महिनामा भने ३१ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो । डिसेम्बर महिनामा ५ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइदैछ भने जनवरीमा ६५ सयसम्म केस नम्बर हुने नेपालीले भिसा पाउनेछन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत बर्षको अक्टोबरमा डिभी लोटरी भरेकाहरुले यो अक्टोबरबाट भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउनेछन् । त्यतीन्जेलसम्म भिसा नपाउनेहरु अमेरिका जानका लागि स्वत अयोग्य हुनेछन् ।

यसपटक नोभेम्बर ५ सम्म डिभी लोटरी भरिरहेकाहरुले डिभी लोटरी पारेमा आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । यसबर्षदेखि डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com