‘एनआरएनएमा भ्रष्टाचारको छुट कसैलाई छैन, अनुसन्धान सुरु भइसक्यो’ : कुमार पन्त, अध्यक्ष, एनआरएनए


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

एनआरएनए अध्यक्ष कुमार पन्तले संस्थामा भ्रष्टाचारको छुट कसैलाई पनि नभएको स्पष्ट पार्नुभएको छ ।

एनआरएनएमा भ्रष्टाचारका विषयहरु पनि उठेको सन्दर्भमा खसोखाससँग कुराकानी गर्दै उहाँले भन्नुभयो – ‘सामाजिक संस्थामा आर्थिक पारदर्शिता हुनुपर्छ । खाडी मुलुकमा बस्ने नेपालीहरुले रगत पसिना बगाएर एकएक सेन्ट, डलर जम्मा गरेर दिएको पैसामा खेलवाड गर्ने, त्यो पैसामा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि छैन । त्यो हुन दिइने छैन । आर्थिक पारदर्शितालाई एकदमै प्राथमिकतामा राखेर मैले काम गरिरहेको छु ।’

विभिन्न संचारमाध्यममा आएका आरोपहरु साँचो नभएको र आफूहरुले अनुसन्धान पनि सुरु गरिसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘यसभन्दा अगाडिको कार्यकालमा पनि हामी थियौं । हामीले त्यतीबेला गरेका काम पारदर्शी थिए कि थिएनन् भन्नेबारे अनुसन्धान गर्न थालिसकेका छौं ।’

‘अडिटका काम भइरहेका छन् । काठमाडौंमा रहेका हाम्रो अफिसमा गएर हेर्ने हो भने दुईतीनवटा कोठामा अडिटका काममात्र भइरहेका छन् ।’ –  पन्तले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खसोखासका प्रधानसम्पादकसँग कुराकानी गर्दै एनआरएनए अध्यक्ष कुमार पन्त ।

गैर आवासी नेपालीहरुको यति धेरैले विश्वास गरेको संस्थामा बसेर भ्रष्टाचार गर्न खोज्छ भने त्यसलाई छुट नदिइने र कँही कतै केही भएका छन् कि भनेर आफूहरुले खोज्न थालेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘तर मिडियामा आएकोजस्तो व्यापक भ्रष्टाचारको कुरा सत्य होइन । त्यसमा विश्वास नगर्न आग्रह गर्दछु ।’

‘यदि भ्रष्टाचार भएको भए म आफै भन्नेछु । यहाँभित्र भ्रष्टाचार भएको रहेछ, यसरी यसरी यो यो व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भनेर म आफै भन्छु । यस्ता मान्छेलाई कारवाही हुनुपर्छ भनेर म आफै अगाडि बढ्छु ।’-  पन्तले भन्नुभयो ।

कतिपयले एनआरएनएलाई कमजोर बनाउन गलत प्रचारवाजी गरिरहेको उहाँको भनाई छ । विना प्रमाण एनआरएएनमा भ्रष्टाचार भएको थियो भन्नु हतार र पूर्वाग्रहपूर्ण हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मैले सचिवालयलाई दिनदिनै फोन गरेर आर्थिक पारदर्शिता पहिलो प्राथमिकतामा राख्नुपर्छ भनिरहेको छु । हरेक सेन्टको र रुपैयाको हिसाब चाहिन्छ भनेको छु । सचिवालयमा एककप चिया पिएपनि हिसाब चाहिन्छ भनेको छु । हाम्रो कोषाध्यक्षले त्यसरी नै काम गर्नुभएको छ ।’

‘आर्थिक पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेर काम गरिदैछ । यदि एनआरएनएभित्र कसैले भ्रष्टाचार गरेको छ भने त्यसलाई छाडिदैन । त्यसैले साथीहरुलाई म धैर्यधारण गर्न आग्रह गर्छु । ‘ – अध्यक्ष पन्तले जोड दिनुभयो ।

अध्यक्ष पन्तसँग खसोखासले गरेको विशेष कुराकानी यहाँ पढ्नुहोला ।

‘सिमा अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण गर्छौं, अन्तर्राष्ट्रिय अदालतसम्म पनि पुग्न सक्छौं’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com