पूर्वी नवलपरासीको कावासोतीमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ बजेतिर दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । बस दुर्घटनामा परी १७ जना नेपाली सेनाका जवान घाइते भएकोमा २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भएको छ ।
गम्भीर घाइते प्रेमबहादुर खत्री र विरेन्द्र शाहीको थप उपचारका लागि चितवन पठाइएको छ । नेपाली सेनामा भर्ना छनौटबाट छनौट भएर तालिमका लागि टोलीलाई काठमाडौं लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो । ३ वटा बससँगै रहेकोमा एउटा बस दुर्घटनामा परेको हो । बसमा ४० जना सवार रहेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।