एनआरएनए उपाध्यक्ष लामा लाप्राकमा, बस्ती हस्तान्तरणको अन्तिम तयारी


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

गैरआवासीय नेपाली संघले भूकम्पपीडितका लागि निर्माण गरिएको लाप्राक नमुना बस्ती हस्तान्तरणको योजना बनाइरहँदा संघका उपाध्यक्ष सोनाम लामाले बस्तीको अवलोकन गर्नुभएको छ । उहाँले त्यहाँका लाभग्राही, वडा अध्यक्ष, गाउँपालिका प्रमुख र स्थानीय सरोकारवालाहरु संग भेटघाट गर्नुभएको छ। उहाँले सबै सरोकारवालाहरुसंग नमूना वस्ति बारे छलफल गर्नु भयो ।

यसका साथै उहाँले त्यहा कार्यरत कर्मचारीहरुलाई काममा तिव्रता दिइ जतिसक्दो चाडो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनु भयो । हाल निर्माण कार्य अन्तिम चरणमा रहेको र चाँडै नै निर्माण कार्य सम्पन्न हुने कुरा परियोजना प्रमुखले जानकारी गराउनु भएको थियो । विषम एवम प्रतिकुल मौसमका बाबजुद पनि हाल सम्म त्याहाँ रहेका कामदारहरु र नेपाली सेनाले गरेको काम प्रति संघका उपाध्यक्षले प्रशंसा गर्नु भयो ।

यसरीनै उहाँले लाभग्राहीहरु संग निर्माण कार्यका दौरान भएका गतिविधिहरु बारे छलफल गर्नु भयो । लाभग्राहीहरुले समयमा नै काठको व्यवस्था नगर्दा निर्माण कार्यमा ढिलाइ भएको जानकारी गराउनका साथै निर्माण स्थल सम्म काठहरु ल्याउन कठिनाइहरुको सामना गर्नु परेको बारेमा पनि अवगत गराएका थिए । यसरी नै गाउँपालिकाका अध्यक्षले निर्माण भइसकेका घरहरुमा लाभग्राहीहरुलाई सार्नको लागि पहल गर्ने र साथै यस परियोजनामा स्थानीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपाध्यक्ष लामाले परियोजनामा सहयोग गर्नु हुने सबै सरोकारवालाहरु प्रति धन्यवाद प्रकट गर्नुका साथै सबै सरोकारवालाहरुलाई छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्न भयो ।

यस भ्रमणमा संघका प्रमुख कार्यकारी अधिकृत डा। हेमन्त दवाडी र सूचना प्रविधी तथा संचार अधिकृत रुपक लामिछानेको सहभागीता रहेको थियो ।

यसैबीच एनआरएनए अध्यक्ष कुमार पन्तले खसोखाससँग कुरा गर्दै लाप्राक परियोजनालाई गाउँलेहरु बस्न मिल्नेगरी मंसिरभित्रै हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभएको छ । गाउँलेहरुलाई घर हस्तान्तरण गर्नका लागि सचिवालय लाप्राक पुगेको र सम्झौताभन्दा बाहिरका शौचालयहरु समेत बनाएर गाउँलेहरुलाई दिइसकिएको पन्तले जानकारी दिनुभयो ।

‘सिमा अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण गर्छौं, अन्तर्राष्ट्रिय अदालतसम्म पनि पुग्न सक्छौं’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com