साग खेल्न आएका १३ श्रीलंकाली खेलाडीलाई डेंगु


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

१३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी हुनेमा धेरैजसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए । ‘हाम्रा १३ खेलाडी बिरामी परेका छन् । श्रीलंकाली टोलीले आफ्ना खेलाडी नेपाल आउनुअघि नै संक्रमित भएको अनुमान लगाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com