ट्रम्पबिरुद्ध क्रिसमस अगाडि नै महाअभियोग, ट्रम्प भन्छन् – ‘फटाफट गर, अहिले नै गर’


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

अन्तत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगको सामना गर्ने भएका छन् । हप्तौंदेखिको अनुसन्धान, सुनुवाई र बयानहरुपछि ट्रम्पबिरुद्ध अमेरिकी संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।

अमेरिकी संसदको तल्लो सदनकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले महाअभियोगको दस्तावेज निर्माणको प्रकृयामा अगाडि बढ्न भनेकी छन् । डेमोक्र्याट्सहरु क्रिसमस भन्दा अगाडि नै ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव संसदमा ल्याउने तयारीमा रहेका छन् ।

संसदको न्यायिक समितिले महाअभियोगबारेको अनुसन्धानको अर्को सुनुवाई सोमबार गर्ने बताएको छ भने छानविन समितिले मंगलबार ३ सय पेजको रिपोर्ट सार्वजनिक गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेलोसीले ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव ल्याइने निश्चित गर्नुभन्दा अगाडि ट्रम्पले एक ट्वीट गर्दै यदि आफूबिरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भए छिटो ल्याउन भनेका थिए । अमेरिकी संसदको तल्लो सदनमा महाअभियोग प्रस्ताव पारित भएपनि सिनेटबाट पारित हुनभने लगभग असम्भव रहेको छ ।

यसैबीच न्यान्सी पेलोसीले आफूहरु महाअभियोगको सन्दर्भमा खुशी नभएको तर संविधानको प्रतिरक्षा गर्नु आफूहरुको कर्तब्य रहेको बताएकी छिन् । उनले यो राजनीति नभई देशभक्तिको विषय रहेको बताएकी छिन् ।

आगामी २०२० मा हुने राष्ट्रपति निर्वाचनमा पुन विजयी हुन ट्रम्पले युक्रेनलाई हस्तक्षेप गर्न प्रोत्साहन दिएको र न्यायमा अवरोध पुयाएको समितिको आरोप छ । ट्रम्पले साक्षीलाई तर्साउन खोजेको आरोपसमेत सो समितिले तयार पारेको आरोप छ । तर, ट्रम्पले आफूले कुनै गलत कार्य नगरेको बताउँदै आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।

छानविन समितिले  मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार  सन् २०२० को राष्ट्रपति निर्वाचनमा पुनः विजयी हुन ट्रम्पले विदेशी हस्तक्षेप गुहारेर महिनौँदेखि आफ्नो पदको दुरुपयोग गरेका छन् । ‘राष्ट्रपति ट्रम्पका गतिविधिले युक्रेनसँगको अमेरिकी विदेश नीतिलाई चुनौती दिएको छ र हाम्रो राष्ट्रिय सुरक्षालाई नजरअन्दाज गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति जोई बाइडेनमाथि अनुसन्धान गर्न आह्वान गरेका छन् । यो प्रतिवेदन ट्रम्पलाई पदमुक्त गर्न आधार तयार पार्ने हिसाबले आएको छ । दुई महिनाभन्दा धेरै समयदेखि संकलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com