अमेरिकी भिसा पाउन तत्कालका लागि स्वास्थ्यविमा नचाहिने काठमाडौं कन्सुलर प्रमुखबाट स्पष्ट


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

अमेरिकी दूतावास काठमाडौंका कन्सुलर प्रमुख माइकल म्युसीले अमेरिकी भिसाका लागि तत्कालका लागि स्वास्थ्यविमा नचाहिने स्पष्ट पार्नुभएको छ । आज राजदूत निवास काठमाडौंमा आयोजित टाउनहलमा बोल्दै उहाँले अमेरिकाको आप्रवासी भिसा पाउने व्यक्ति अमेरिकी स्वास्थ्य प्रणालीमा हुन नहुने नियमलाई अदालतले कार्यान्वयनमा रोक लगाएकाले तत्कालका लागि अमेरिकाको आप्रवासी भिसा प्राप्त गर्न स्वास्थ्यविमा नचाहिने बताउनुभएको हो ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकालाई भिसा नदिने नियम ट्रम्प प्रशासनले ल्याएपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसाका आवेदकलाई अमेरिकी स्वास्थ्य प्रणालीमा भार नहुने कुराको प्रमाण माग्न थालेको थियो । तर पोर्टल्याण्ड युएस डिस्ट्रीक्ट कोर्टका न्यायाधिस माइकल सिमोनले नियम कार्यान्वयनमा रोक लगाउनका लागि हिजोमात्र देशव्यापी प्राथमिक आदेश जारी गरेका छन् । यसअगाडि अदालतले उक्त नियम कार्यान्वयन नगर्न अस्थायी निरोधक आदेश जारी गरिएको थियो ।

कार्यक्रममा सहभागी अमेरिका निवासी सामाजिक व्यक्तित्व श्री पराजुलीको प्रश्नको जवाफ दिदै अमेरिकी दूतावास काठमाडौंका कन्सुलर प्रमुख म्युसीले अमेरिकाको आप्रवासी भिसा र स्वास्थ्यविमा सम्बन्धि नियमबारे प्रष्ट पार्नुभएको हो । अदालतको अर्को आदेश वा फैसला नहुँदासम्मका लागि स्वास्थ्यविमाको नियम तत्कालका लागि कार्यान्वयन नहुने कन्सुलर प्रमुखले स्पष्ट पार्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारले अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकाहरुको आप्रवासी भिसा अस्वीकृत गर्ने नियम ल्याएको थियो । यो नियम अनुशार अमेरिकाको सशुल्क स्वास्थ्य विमा भएको वा लिनेकुरा प्रमाणित गर्न नसक्नेहरुको भिसा अमेरिकी दूतावासले अस्वीकार गर्नसक्ने प्रावधान थियो ।

नयाँ नियम लागु भएमा अमेरिकी स्वास्थ्यप्रणालीमा भार हुनसक्ने भन्दै बार्षिक ३ लाख ७५ हजार भन्दा धेरैको ग्रिनकार्ड अस्वीकार गर्न सक्ने अनुमान गरिएको थियो । यो नियम अनुशार अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार थपिन्छ । यो नियम अनुशार अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्छ ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको पहिलो साता हस्ताक्षर गरेका थिए । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा मात्र लागु उल्लेख गरिएको थियो ।

पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको थियो । तर अमेरिकी नागरिकका दम्पत्ति र बाबुआमाहरुका सन्दर्भमा भने यो नियम लागु नहुने जनाइएको थियो ।

अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले अमेरिका प्रवेश गरेको ३० दिनभित्र मान्यताप्राप्त स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्न सक्नुपर्ने नियममा उल्लेख छ । आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने र रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइने नियममा उल्लेख छ । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता दिइनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com