आज न्यूयोर्कको टाइम्स स्क्वायरमा ‘छ माया छपक्कै’ प्रर्दशन हुँदै


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

न्यूयोर्कको म्यानहाटनमा रहेको फे्रन्चाइज मूभी हल एएमसीमा आज दिउसो २:३० बजे नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ प्रर्दशन हुँदैछ । सन् १९२० मा स्थापना भएको ९९ बर्ष पुरानो यो मुभी हलमा पहिलो पटक नेपाली कथानक चलचित्र प्रर्दशन हुन लागेको हो ।

मनोरञ्जनका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो भूमी हलमा नेपाली फिल्म हेर्न पाउनु आफैमा गर्वको कुरा हो, आयोजक मध्येका एक व्यवसायी अमित शाहले भने, हामीले यस्ता अन्र्तराष्ट्रिय ब्राण्डका हलमा नेपाली फिल्म पनि चलाउनु पर्छ भन्ने मान्यताले पहिलो पटक नेपाली चलचित्र ‘छ माया छपक्कै’ देखाउन लागेका हौं । न्यूयोर्कमा नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको अपार मायाका कारण हाम्रो प्रयास सार्थक हुँदैछ ।

हाल सम्म २ सय मिलियन भन्दा बढी दर्शकले एएमसीमा चलचित्र हेरिसकेका छन्, भने यसको विश्वभर ३ सय ८० चलचित्र घरहरु छन् । गुणस्तरीय सेवा प्रदान गरिरहेको एएमसीमा चलचित्र हेर्नका लागि न्यूयोर्क तथा आसपासका क्षेत्रबाट टिकट बिक्री भएको आयोजकहरुको भनाई छ । आयोजकका अनुसार बोष्टन, बाल्टिमोर, न्यूजर्सी, कनेक्टिक लगायतका क्षेत्रबाट पनि दर्शकहरुले छ माया छपक्कै हेर्न अनलाइनबाट टिकट खरिद गरेको जनाइएको छ ।

आज हुने एएमसीको प्रर्दशनमा चलचित्रकी नायिका केकी अधिकारी समेत आउँदैछिन् । हाल अमेरिकामा रहेकी नायिका अधिकारीसंग बिशेष भेटघाट सहित चलचित्र हेर्न पाइने जनाइएको छ । आयोजकका अनुसार फिल्मका लागि निर्धारित सबै टिकट बिक्रि भईसकेको छ । केही भिआइपी टिकट बाहेक सबै टिकट बिक्रि भईसकेको छ, अर्का आयोजक रवि गौतमले भने, पहिलो पटक एएमसीमा भुमी लाग्ने भएकाले पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको हामीले धेरै माया पाएका छौं ।

दर्शकको मन जित्न सफल चलचित्र छ माया छपक्कै अहिले नेपालमा सफल प्रर्दशन संगै अमेरिकामा पनि प्रर्दशन भईरहेको छ । आयोजकका अनुसार न्यूयोर्कमा डिसेम्बर महिनाको पहिलो सोमबार दोश्रो शो हुँदैछ । आयोजक मध्येका अर्का कपिल भट्टले भने हाम्रो दोश्रो शो कुइन्सस्थित बम्बे थिएटरमा साँझ ५:३० बजे लाग्दैछ, आउनुस नेपाली चलचित्रलाई माया गरौं, मुभी हेरेर रमाईलो गरौं । भट्टले मुभी प्रर्दशनका लागि बिभिन्न व्यवसायी संस्थाहरुले समेत स्पोन्सर गरेर सहयोग गरेका छन् ।

गम्भीर राजनीतिक बिषयमा हास्यप्रधान ढंगले प्रस्तुत गरिएको चलचित्र छ माया छपक्कै न्यूयोर्क राज्यका बिभिन्न स्थानमा प्रर्दशनको तयारी भईरहेको छ । दिपेन्द्र लामा निर्देशित चललचित्रको कथा पनि निर्देशक लामाले नै तयार पारेका हुन् । चलचित्रमा दीपकराज गिरी केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आईएमईको संयुक्त ब्यानरमा बनेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com