कुवेतमा छोरा वेपत्ता, नेपालमा आमाको बेहाल


प्रकाशित मिति : श्रावण २९, २०७३ शनिबार

 

नुवाकोट जिल्ला गेर्खु गाविस वडा नम्बर ७ चिण्डेका राजेश तामाङ झण्डै एक महिनादेखि कुवेतमा बेपत्ता छन् ।
कुवेतको अल मजहम प्रडक्सन केक एण्ड पार्टीजमा काम गर्ने तामाङ पछिल्लो झण्डै एक महीनादेखि सम्पर्कविहिन भएका हुन् ।
लामो समय कुवेत बसेर आफ्नै मातृभुमिमा केही गरौं भन्ने अभिलाषासाथ नेपाल फर्केका तामाङलाई आफूले पहिला काम गरेकै कम्पनीले तलब बढाइदिने आश्वासनका साथ तारन्तार फोन गरेपछि उनी फेरी कुवेत फर्केका थिए । तर कम्पनीले आश्वासन अनुसार तलव त बढाएन बढाएन, न त घर फर्कने वाताबरण नै बनाइदियो ।

कम्पनीले उनलाई धेरै तलव चाहिने भए कम्पनी छाडेर जान धम्कि दिएपछि उनी कम्पनी छाडन बाध्य भए । कम्पनी छाडेको केही दिनसम्म घरपरिवारकै सम्पर्कमा रहेका तामाङ अहिले भने सम्पर्क विहिन भएका छन् । विदेशी भूमिमा छोरो वेपत्ता भएपछि यता घरमा रहेका बृद्ध आमा बुबा चिन्तित भएका छन् । छोरा वेपत्ता भएपछि चिन्ताका कारण बृद्ध आमाको स्वास्थ्यस्थिति बिग्रदै गएको छ । तामाङ हल चोक स्वयम्भुस्थित सत्यवती ओभरसिज प्रा. लि. मार्फत कुवेत पुगेका हुन् । सरकारले पहल गरेर वेपत्ता तामाङलाई घर झिकाइदिन उनकी श्रीमती समिक्षा तामाङले आग्रह गरेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com