जुम्लाकोटमा कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घरमा अन्धकार


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

जुम्लाको तिला गाउँपालिका जुम्लाकोटमा अचम्मको अवस्था रहेको छ । एक सय ७७ घरधुरी रहेको जुम्लाकोटमा बिजुली छ तर काँग्रेसका घरमा मात्र ।

त्यहाँ अहिले कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिस्टका घरमा पिलपिले टुकी मात्रै बल्ने रिपोर्ट नयाँ पत्रिकाले प्रकाशित गरेको छ । ०७३ अघि पाँच वर्षसम्म कम्युनिस्टका घर झिलिमिली भएको तर कांग्रेसका अन्धकार भएका थिए ।

तत्कालीन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोटमा २७ लाख लागतमा निर्माण भएको विजुली ०६७ साउनदेखि कम्युनिस्ट–कांग्रेस सबैले बाले । तर २ बर्षमा नै कांग्रेस पक्षले किन बहिष्कार गर्‍यो बिजुली ?

कम्युनिष्टले बनाएको जुम्लाकोट जलविद्युत् आयोजना बिग्रेपनि कांग्रेस पक्षधरले ल्याएको विजुली कम्युनिस्ट पक्षधर एक सय ३७ घरमा किन जोडिएन ?

यसबारेमा प्रकाशित रोचक रिपोर्ट यहाँ पढ्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com