दाजुभाई दिदीबहिनीका लागि ग्रिनकार्ड पाउन १२ बर्ष १० महिना


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

अमेरिकी नागरिकता प्राप्त व्यक्तिले आफ्ना दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड आवेदन दिनसक्छन् । तर यो श्रेणीको ग्रिनकार्ड प्राप्त गर्नका लागि नोभेम्बरमा १२ बर्ष १० महिनाको अवधि लागेको भिसा बुलेटिनले देखाएको छ ।

नोभेम्बर महिनाको भिसा बुलेटिन अनुशार नोभेम्बरमा सन् २००७ को जनवरी १ भन्दा अगाडि फाइल गरेका नेपालीहरुले ग्रिनकार्ड प्राप्त गर्नेछन् । यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्न भारतीयहरुलाई झण्डै १५ बर्ष, मेक्सिकनलाई २२ बर्ष र फिलिपिनोहरुलाई झण्डै २१ बर्ष लाग्ने गरेको छ ।

यदि आवेदकका दाजुभाई दिदीबहिनीहरु अमेरिकामा नै छन् र उनीहरुको आई १३० स्वीकृत भइसकेको छ भने यस्ता आवेदकका हकमा सन् २००७ को जुलाई १ भन्दा अगाडि फाइल गरेकाहरुले स्टाटस एडजस्टका लागि नोभेम्बरमा आई ४८५ आवेदन दिनसक्छन् । यदि आई १३० स्वीकृत भइसकेकाहरु अमेरिकाबाहिर रहेको खण्डमा आवेदन नेशनल भिसा सेन्टरले अगाडि बढाउँछ ।

अमेरिकामा परिवारमा आधारित ग्रिनकार्डहरुमा सबैभन्दा लामो समय लाग्ने दाजुभाई तथा दिदीबहिनीहरुको ग्रिनकार्डका लागि हो । जसलाई परिवारमा आधारित एफ फोर श्रेणीको ग्रिनकार्ड भनिन्छ । यदि दाजुभाईदिदीबहिनीहरुका लागि आवेदन फाइल गरिएको छ भने जसका लागि आवेदन दिइएको हो उक्त व्यक्तिले भिजिटर वा अन्य गैर आप्रवासी भिसा प्राप्त गर्नमा समस्या हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com