नेपालबारे प्रकाशित यो समाचारको सन्दर्भ उल्लेख गर्दै न्युयोर्कमा मेयरले गरे ट्रम्पको आलोचना


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

ट्रम्पको गर्भपतनविरोधी नीतिले नेपालका महिलामा नकारात्मक अवस्था सृजना भएको समाचारबारे न्युयोर्कका मेयर बिल ब्लाजिओको ध्यानाकर्षण भएको छ । उनले आफ्नो सामाजिक सञ्जालमा उक्त समाचार शेयर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।

सिमान्तकृत समुदायलाई उपेक्षा गरिएको भन्दै ब्लाजिओले ट्रम्प प्रशासनको आलोचना गरेका छन् । उनले भनेका छन् – ‘जसलाई यसको सबैभन्दा धेरै आवश्यकता छ, उनीहरुलाई दिने सहयोगमा कटौती गरेर ट्रम्पले विश्वभरका महिलाको जीवनलाई खतरामा पारेका छन् ।’

केहीदिन अगाडि बजफिडमा प्रकाशित समाचारमा अमेरिकी राष्ट्रपति ट्रम्पले गर्भपतनबारे जनचेतना जगाउने तथा त्यसक्षेत्रमा काम गर्ने गैरनाफामुलक संस्थाहरुलाई अमेरिकी सहायतामा रोक लगाउँदा त्यसबाट नेपाली महिलामा परेको असरबारे उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्र अमेरिकी सहायतामा भरपर्ने नेपालजस्तो मुलुकका लागि यसबाट पर्ने असर विकराल रहेको समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केहीदिन अगाडिमात्र अमेरिकी सरकारले नेपाललाई दिइएको सहायता रकममा एक डलर पनि नघटाइएको बताएको थियो । बरु नेपालमा परिवार नियोजन सम्बन्धि कार्यक्रममा लागि ट्रम्पले कार्यभार सम्हालेको विगत ३ बर्षमा करिब ५० लाख बृद्धि गरेको जनाएको थियो ।

नेपालस्थित अमेरिकी मिसनले भनेको थियो – ‘युएसएआईडीको सहायतामार्फत नेपाल सरकारलाई प्रजनन स्वास्थ्य सेवालाई नेपालभर संस्थागत गर्न र स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न सहयोग पुगेको छ । सरकारद्वारा प्रदान गरिएको निस्शुल्क जनसेवालाई नेपाली निजी क्षेत्रद्वारा प्रदान गरिने सेवाले थप सहयोग पुर्‍याएको छ ।’

नेपालस्थित अमेरिकी मिसनले सन् १९५० को दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा साझेदारी र कार्यक्रम सञ्‍चालन गर्दै आएको तथा खास गरी नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको अमेरिकाले जनाएको थियो ।

हालै प्रजनन स्वास्थ्यसम्बन्धी आफ्ना कार्यक्रम बारेमा सञ्‍चारमाध्यममा गलत चित्रण भएको  र गलत सूचना प्रवाह भएको भन्दै नेपालका स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता आज पनि उत्तिकै बलियो रहेको अमेरिकाले जनाएको थियो ।

‘स्पष्‍ट शब्दमा भन्नुपर्दा महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन । आउँदा पुस्ताका नेपालीहरू अझै स्वस्थ रहून् भन्ने कुरा सुनिश्‍चित गर्नका लागि स्वास्थ्य क्षेत्रमा हामी आफ्नो लक्षित लगानीलाई निरन्तरता दिइरहनेछौँ ।’-  नेपालस्थित अमेरिकी मिसनको भनाई थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com