जनगणनाका लागि एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर सक्रिय : सेन्सस ब्यूरोमा सुचित


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

जनगणना कार्यक्रम २०२० मा धेरै भन्दा धेरै नेपालीहरुलाई समावेश गर्ने हेतुले एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले एक समिति गठन गरेको छ । न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीको अध्यक्षतामा सेन्सस ब्यूरोका अधिकारी लोप्साङ थिन्ली सहितको एक समिति बनाइएको छ ।

एनआरएनए न्यूयोर्क कम्प्लिट काउन्ट कमिटि २०२० नाम दिइएको समितिमा न्यूयोर्क क्षेत्रमा रहेका बिभिन्न व्यक्तित्वहरुलाई समावेश गरिएको छ । च्याप्टर अध्यक्ष रामहरी अधिकारीले यो समितिमा न्यूयोर्क क्षेत्रबाट निर्वाचित पदाधाकारीलाई समेत राखिने जनाइएका छन् । यसैबीच सेन्सस ब्यूरोले आफ्नो वेभसाइडमा जनगणनाका लागि एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरलाई आधिकारीक समितिमाका रुपमा सुचिकृत गरेको छ ।

अध्यक्ष अधिकारीले न्यूयोर्कमा सक्रिय भएर काम गरिहरेको अधिकार लगायतका संघ सस्थासंग सहकार्य गर्दै अगाडी बढ्ने बताएका छन् । केही दिन अगाडी न्यूयोर्क क्षेत्रमा सक्रिय संघ सस्थाहरुको एउटा भेलाले यूस नेपाली काउन्ट कमिटि समेत बनाएको छ । जनगणनाका लागि एनआरएनए अमेरिकाले च्याप्टर अध्यक्षहरु समेत स्वत सदस्य रहने गरी वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्डाजेको अध्यक्षतामा एउटा समिति बनाएको छ । पछिल्लो क्रममा अमेरिकामा नेपालीहरुको संख्या दिनहुँ बढ्दो रहेको भएपनि आधिकारीक रुपमा नेपालीहरुको संख्या कति छ भन्ने यकिन तथ्याङक भने छैन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com