मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्न निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार बसेको बैठकपछि एक मन्त्रीले कोइराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
करिब डेढ घण्टा चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बारे पनि जानकारी गराएका थिए । त्यसैगरी बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउने बारेमा प्रधानमन्त्रीले मन्त्रीपरिषदलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीकाे धापासीस्थित ग्रान्डी अस्पतालमा डायलासिस भएपछि पहिलो मन्त्रीपरिषद बैठक बसेको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।