विदेशी टिभी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्ने विधेयक प्रमाणीकरण


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

अब विदेशी च्यानलले नेपालमा विज्ञापनरहित सामाग्री प्रशारण गर्नुपर्ने भएको छ । विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक क्लिनफिडको व्यवस्थासहित राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरेसँगै नेपालमा क्लिनफिड व्यवस्था पनि लागू भएको हो ।

विदेशी टेलिभिजन च्यानलले विदेशी विज्ञापन प्रशारण गर्न नपाउने भएपनि नेपालमै बनाइएका विज्ञापन करको दायराभित्र रहेर प्रसारण गर्न सक्नेछन् ।

अब विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने भएको छ । अब विदेशी विज्ञापन तयार गर्दा स्वदेशकै कलाकार तथा दृश्य प्रयोग गर्नुपर्नेछ ।

प्रमाणीकरण भएको विधेयकमा सरकारी विज्ञापन एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था पनि गरिएको छ । सरकारले दिने कुनै पनि प्रकारको विज्ञापन अब नयाँ गठन हुने बोर्डमार्फत वितरण हुनेछ । विज्ञापन बोर्डमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com