तीनबर्ष अगाडि रविन्द्र मिश्रलाई सोधिएका तीन प्रश्न


प्रकाशित मिति : फाल्गुन २०, २०७३ शुक्रबार

मिश्रजी, परिवर्तन भनेको केहो ? पुरानालाइ नयाँले विस्थापन नगरि परिवर्तन कसरि सम्भव हुन्छ ?

जहिले पनि हामीले गरेको तर्कको आधार के हो भने पुरानोको जग नभत्काईकन नयाँ निर्माण हुँदैन । पुरानोको जग भत्काउन पनि ठाउँ हुन्छ । परिवर्तनको चाहना गर्ने मान्छेले बुझ्नुपर्ने कुरा के हो भने परिवर्तन भनेको केवल सैद्धान्तिक कुरा होइन । सैद्धान्तिक परिवर्तनले मात्रै परिवर्तन आउँछ भन्ने जड धारणाबाट हामी अधिकांश ग्रस्त छौँ । यदि म माओवादी हुँ भने माओवादीले नै लिएको अडानबाट परिवर्तन सम्भव छ भनेर सोच्छु । यदि म काङ्गे्रस हुँ भने काङ्ग्रेसले नै लिएको अडानबाट परिवर्तन सम्भव छ भन्छु । एमाले छु भने त्यही ठान्छु । राप्रपा नेपाल हुँ भने म त्यही ठान्छु । होइन, परिवर्तन त्यसरी आउँदैन । त्यसरी सिद्धान्तको लडाइँ मात्रै हुन्छ र त्यो सिद्धान्तको लडाइँले के हुन्छ ? तपाईं र हामीजस्ता मान्छेहरू टेलिभिजनमा बसेर बहस गर्छौं, तर्क–वितर्क गछौँ । देश कसरी बनाउने भनेर खूब आफूले पढेको, अनुभव गरेका त्यो विचारहरू छाट्छौँ । तर त्यो होइन । विचारले परिवर्तन हुने होइन । त्यो परिवर्तन भनेको गरेर परिवर्तन हुने हो ।

हाम्रोभन्दा दक्षिणको छिमेकी राष्ट्र संसारकै सबैभन्दा ठूलो भनिएको लोकतान्त्रिक देश हो । हाम्रो उत्तरपट्टि संसारको सबैभन्दा ठूलो साम्यवाद देश, उसले गएको बीस–पच्चीस वर्षमा सिङ्गो युरोपको जनसङ्ख्याभन्दा धेरै ठूलो जनसङ्ख्यालाई गरीबीबाट उकासिसक्या । हाम्रो छेउमा भुटान छ, भुटानमा अझै पनि राजतन्त्र छ । अलिकति एउटा बन्द किसिमको प्रकृतिको समाज छ ।अझै पनि भुटानको आर्थिक वृद्धिदर भारत र चीनको भन्दा बढी छ । भुटान मजाले विकास गरिरहेको छ । वातवरणको संरक्षण गरिरहेको छ । भारतसँग एकदम राम्रो सम्बन्ध राखेर ठूला–ठूला हाइड्रोपावरहरू निर्माण गरिराखेको छ । थिम्पु भएर बग्ने नदीमा नीलो पानी बगेको छ । थिम्पु बजारमा हरेक घरअगाडिको घरले अग्रभाग भुटानकै संस्कृति झल्किने प्रकृतिको बनाउनुपर्छ ।

आजको दस वर्षमा त्यो भुटान साँच्चिकै साङ्ग्रिला हुँदै छ । विदेशीहरूले त्यहाँ दिनको दुईसय पचास डलर खर्च गर्न सकेन भने प्रवेशसम्म पनि दिँदैन । उसले पनि विकास ल्याइराखेको छ । खाडी क्षेत्रमा हेर्नुस, अझै पनि पापीहरूलाई सार्वजनिक रूपमा खसी काटे झैं काटिन्छ । तर खाडी क्षेत्रका देशहरूले कति प्रगति गरेका छन्, हामीले देखिराखेका छौँ । त्यसपछि युरोप, युरोपमा कुनै देशमा राजतन्त्र नै बाँकी छ । कुनै देशमा गणतन्त्र नै छ । अमेरिका, रूस हरेक देशमा ठाउँमा सैद्धान्तिक रूपमा भिन्न–भिन्न किसिमका राज्य–व्यवस्था र भिन्न–भिन्न सोच छन् । सबैले परिवर्तन गरिराखेका छन् । तर हामीचाहिँ बहुदल राख्ने कि नराख्ने ? जनताको गणतन्त्र भन्ने कि नभन्ने ? राजतन्त्र चाहिने कि नचाहिने भनेर वर्षौंदेखि दशकौँदेखि बहस गरिरहेछौँ ।  मेरो व्यक्तिगत धारणा के हो भने म परोपकारी समाज र परोपकारी राज्य–व्यवस्थामा विश्वास गर्छु । लोककल्याणकारी राज्य–व्यवस्थापनमा विश्वास गर्छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूरै अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला । 

तपाईंले भन्नुभएको राज्य–व्यवस्थापन स्केनडेभियन देशहरुको जस्तो ?

– ती देशहरूमा छ । कैयौँ अरू युरोपेली देशहरूमा छ । अष्ट्रेलियाजस्तो, न्युजिल्याडजस्तो देशहरूमा छ । डिग्री अलिकति फरक छ । बेलायतमा पनि छ । मूल रूपमा चाहिँ स्क्यानडेभिएन देशमा छ । मेरो धारणा के हो भने राज्य असाध्यै समृद्ध र असाध्यै शक्तिशाली हुनु पर्दैन, किनभने नर्वेको उदाहरण तपाईंले लिन सक्नुहुन्छ । त्यसै गरी अरू उदाहरणहरू छन्, राज्य ठीकैसँग समृद्ध भए पनि पुग्छ । त्यो समृद्धिलाई राज्यले र त्यहाँका नागरिकहरूले कसरी बाँडीचुडी गरेका छन् भन्ने महत्वपूर्ण कुरा हो । त्यस किसिमको सोचको विकास गर्नको लागि हाम्रो जस्तो समाजमा मलाई के लाग्छ भने एउटा परोपकारी समाज निर्माण गर्नुपर्यो । बच्चालाई खुवाउन नसकेपछि अँगालेर कर्णालीमा हाम्फालेर मरेकी आमाको पीडाले तपाईं–मलाई छुनुपर्यो । चेपाङहरूको बस्तीमा तीन–चार दिनसम्म केही पनि खान नपाएपछि घाँस लुछेर खाँदा घाँटीमा घाँस अड्किएर मरेको बच्चाको पीडाले हामीलाई छुनुप¥यो ।

हामीले अधि स्केन्डेभियनको कुरा गर्यौं, उनीहरू जुन रूपमा नेपालमा प्रस्तुत भइरहेका छन्, यो धर्म तथा सामाजिक कार्यहरूको नाममा, राजनीतिक दलहरूसँग उनीहरूको सम्बन्ध र त्यसको अनुदानका नाममा जसरी प्रस्तुत भएका छन्, त्यसले तपाईंले अघि भन्नुभए जस्तो राज्य–व्यवस्थामा लान्छ हामीलाई ?

– मेरो त विदेशीहरूलाई र विदेशी अन्तर्राष्ट्रिय सङ्गठनलाई जो नेपाल र नेपालजस्ता तेस्रो विश्वमा काम गरिरहेका सङ्गठनहरू छन्, यिनैले जब सीमान्तकृत मानिसहरूको आवाज भनेर भन्छन् र त्यसका लागि पैसा खर्च गर्छन् । म तिनीहरूलाई मौका पाएँ भने के भन्थेँ भने तिमीहरू सीमान्तकृत समुदायलाई आवाज होइन राम्रो स्कूल देऊ भन्थेँ । तिनीहरूले राम्रो स्कूल दिए भने दस वर्षमा आवाज उनीहरूको आफै अभिव्यक्त हुन्छ । कुनै युरोपेलीले आएर आवाज दिनुपर्दैन । तर तपाईं राम्रो शिक्षा नदिईकन मान्छेलाई आवाज दिनुहुन्छ, त्यसले समाजमा अराजकता सिर्जना गर्ने सम्भावना हुन्छ । त्यहाँ माछा दिइयो, बल्छी दिनुपर्थ्यो ।

( रविन्द्र मिश्रसंग पत्रकार किरण मरहठ्ठाले झण्डै तीनबर्ष अगाडि एबिसी टेलिभिजनको कार्यक्रम क्रसचेकमा गरेको कुराकानीमा आधारित )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com