एनआरएनए अध्यक्षमा निर्वाचित कुमार पन्तले ल्याए १२१७ मत, कुल आचार्यको १०७०
प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार
एनआरएनए आईसीसी अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् । अध्यक्ष पदका लागि कुल आचार्यले समेत उम्मेदवारी दिएका थिए ।
पन्तले कुल १२१७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी आचार्यले १०७० मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा सोनाम लामा, बद्री केसी, अर्जुनकुमार श्रेष्ठ र मन केसी विजयी भएको श्रोतले जनाएको छ । महिला उपाध्यक्षमा रविना थापा विजयी भएको जनाइएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]

त्यस्तै महासचिवमा हेमराज शर्मा विजयी भएका छन् । सचिवमा आरके शर्मा र गौरी जोशी विजय भएको जनाइएको छ । कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् ।

एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी , सहसंयोजकमा राम सी पोखरेल र महिला संयोजकमा उमा कार्की थापा विजयी भएका छन् ।







