एनआरएन डे २०१९ का अवसरमा न्यूयोर्कमा रक्तदान


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

एनआरएन डे २०१९ को अवसरमा एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले शुक्रबार न्यूयोर्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्नेहरुको उलेख्य सहभागिता रहेको थियो ।

एनआरएन डे का अवसरमा हरेक बर्ष विश्वभर बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । हामीले पनि एनआरएन डे का अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेका हौं, न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले भने, सहभागि सम्पूर्णमा हार्दीक आभार । अध्यक्ष अधिकारीले कार्यक्रममा रक्तदान गर्ने, स्वास्थ्य अवस्था ठिक नभएर रगत दिन नपाएकाहरु, पत्रकार, बुद्धिजिवि, स्वयम सेवक लगायत सबैलाई धन्याद दिएका छन् । च्याप्टर उपाध्यक्ष शिव बानियाले रक्तदान कार्यक्रममा नेपाली समुदाय बाहेक साउथ एशियन समुदायबाट पनि सहभागिता जनाएको जानकारी दिए ।

बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुइन्स क्षेत्र अन्र्तगत डिस्ट्रिक २४ का एसेम्ब्ली म्यान डेभिड वेप्रिन, साउथ एशियन कम्यूनिटी लिडर जोय चौधरी, सिटी अफिसका इम्रान रेहमान, एलमष्ट हस्पिटका बोर्ड सल्लाहकार यादव बास्तोला लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै कार्यक्रममा जनगणना सम्वन्धी जानकारी समेत प्रदान गरिएको थियो । यस अवसरमा यूएस जनगणनाको कार्यलयका प्रतिनिधिले जनगणनाको महत्व बारे जानकारी दिँदै सहभागि हुन आग्रह गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com