एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा पत्रकार ध्रुवराज अर्याल र सेजनलाई


प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार

गैरआवासीय नेपाली संघ वेलायतको सकृयतामा स्थापना गरिएको यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शनिबार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजन लाई दिने घोषणा सार्वजनिक गरेका हुन् ।

१ लाख रुपियाँ राशीको एनआरएनए पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एकएक जना पत्रकार वा संस्थालाई प्रदान गरिंदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष नेपालबाहिरबाट बेलायतमा सक्रिय पत्रकार अर्याल एवम नेपालबाट आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई दिइने भएको हो ।

पुरस्कारका लागि छनोटमा परेका पत्रकार अर्यालले पछिल्लो एक दशकदेखि बेलायतमा रहेर पनि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् । बेलायतबाट प्रकाशन हुने नेपालीपत्रमा उनी सम्पादक छन् ।

विगतमा एबिसी टेलिभिजन, नेपाली टिभी लगायतका मिडियामा रहेर पत्रकारिता गरेका उनले अहिले नेपालको राष्ट्रिय दैनिक अन्नपुर्ण पोष्टका लागि समेत काम गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार विजेताको निर्णय गरिएको हो ।

घोषित एनआरएनए पत्रकारिता पुरस्कार काठमाडौंमा आयोजना हुने एनआरएनएको नवौं विश्व सम्मेलनको समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने गैरआवासीय नेपाली संघ (एनआरएनए) का समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com