बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गर्नुभएको हो ।

कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु गरेको थियो । भेटघाटी पारदर्शी गर्नुअघि कोषले नियमावली नै जारी गरेर पशुपतिनाथका भट्टहरुलाई तलब दिने व्यवस्था गरेको थियो । यो व्यवस्था गरेदेखि कोषकै कर्मचारीले भेटी गणना गरी बैंकमा दाखिला गर्ने गरेका थिए ।

कोषकै कर्मचारीले गणना गर्दा सार्वजनिक बिदाका दिन भेटी बैंकमा दाखिला हुन सक्दैन थियो । कोषका तर्फबाट कोषाध्यक्ष डा मिलनकुमार थापा, लेखा एवं संस्कृति शाखा प्रमुख प्रेमहरि ढुङ्गाना र प्रशासकीय अधिकृत गौरीशुङ्कर पराजुली तथा बैंकका तर्फबाट बत्तीसपुतली शाखा प्रबन्धक टीना श्रेष्ठ र जनसम्पर्क अधिकृत श्रुति राणाले गणनाको अनुगमन गर्नुहुने जानकारी सो अवसरमा दिइएको थियो । दैनिक भेटीघाटी गणना गरी बैंक दाखिला गर्ने क्रममा कोषको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मुचुल्का उठाउनेछन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com