नेपाललाई विशेष लक्षित गरि नेपाली विशेषता सहित निर्माण गरिएको सगुन लाइट सञ्चालनमा


प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार

नेपालीहरूले निर्माण गरेको सगुनले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप सगुन लाइट सुरुवात गरेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्ना विचारको आधारमा कसैले धारणा बनाउन नसकोस् भन्ने निश्चिन्तताका साथ विचारहरू अभिव्यक्त गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

सगुन लाइटको प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भइरहेका घटनाहरु, राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेसण गर्न सकिन्छ ।

सगुन लाइटले नेपालका लागी छुटै विषयहरु छनोट गरेको छ। जसमा नेपालको लागी दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, भिजिट नेपाल २०२०, हिन्दू तथा बौद्ध धर्म, ठट्यौलीरचुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकूद जस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको छ । नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचि अनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यक्त गर्न तथा समुदाय पनि निर्माण गर्न सकिने व्यवस्था मिलाइएको छ।

यस एपको निर्मांण, नेपालमा प्रचलित एक पुरानो भनाईको आधारमा गरिएको छ। भनिन्छ – ‘कुनै पनि वह मनमा नराख्नु । यदि मनको वह सुनाउनको लागि साथी तथा अन्य व्यक्तिहरू पाइएन भने रुख वा ढुंगालाई भए पनि सुनाउनू । त्यसो गर्दा मन हलुका हुन्छ ।’ यही प्रारम्भिक अवधारणा सगुन  निर्माणमा प्रयोग गरिएको छ । सगुन लाइट एप खोली आफ्नो मनमा रहेको विचार संसारलाई सुनाउनु होस साथै मन हलुका गर्नुहोस।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरी २०१९ देखि यस एपलाई प्रयोगकर्ता तथा अन्य शुभचिन्तकहरूमाझ निरन्तर बेटा परीक्षण गरिएको थियो । ६४ देशका २५१ सहरका प्रयोगकर्ताहरूले आफ्नो रूचिका विभिन्न विषयमा विचारहरू रंगीन पृष्ठभूमिमा शब्द, तस्विर तथा भीडियो मार्फत् दैनिक रूपमा संप्रेसण गर्दै आइरहेका छन् । साझा गरिएका विचारहरू संसारभरका प्रयोगकर्ताहरूले आफ्नो रुचि बमोजिम हेर्ने र गोप्य रूपमा मन पर्यो वा परेन भनी राय व्यक्त गर्छन् ।

सगुनका प्रयोगकर्ताहरू मध्ये धेरैले दिनमा २० पटकभन्दा बढी एप खोल्ने तथा आफ्ना सयौं साथीहरूलाई प्रयोग गर्नको लागि आमन्त्रण गर्दै आएका र प्रयोगकर्ताहरूले साझा गरेका १ लाखभन्दा बढी विचारहरू १ करोडभन्दा बढी पटक हेरिएको सगुनले दावी गरेको छ । प्रयोगकर्ताहरूको संख्या अघिल्लो महिनाको तुलनामा २ सय प्रतिशतले बढिरहेको सगुनले जनाएको छ ।

वक्तब्यमा भनिएको छ – ‘सगुन लाइटशुरु भएयता धेरै भन्दा धेरै प्रयोग गर्नेहरुलाई सम्मानित गरिएको छ । यसक्रममा सक्रिय सगुन प्रयोगकर्ताको रुपमा ५१ व्यक्तिहरू सम्मानित भएका छन्। हामीले प्रयोगकर्ताहरूबाट उत्साहजनक विचारहरू पनि सुनेका छौं । सगुनमा प्रेरणादायी विचारहरू सुनेर वासिङ्टन डिसीका एक प्रयोगकर्ताले धुम्रपान गर्न छोडेका छन् भने लन्डनमा बस्ने अर्का एक प्रयोगकर्ताको चिन्ताको समस्या निको भएको छ ।’

सगुन लाइटएप चलाउन सजिलो छ। यो निशुल्क डाउनलोड गर्न सकिन्छ। गुगल प्ले वा एप्पल स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । यसक्रममा आफ्नो फोन नम्बर राखेर साइन अप गर्ने, आफ्ना रुचिका विषयहरू छान्ने र आफ्नो फोनलाई ओटीपी कोडले प्रमाणीकरण गर्नु पर्नेछ।

यति गरिसकेपछि प्रयोगकर्ताले एपको ड्यासबोर्डमा पुगि साथीहरू तथा सगुन टिमका सदस्यहरूले साझा गरेका विचारहरू हेर्न सक्नेछ।  प्रयोगकर्ताहरुले, आफ्ना साथीहरुले पोष्ट गरेका, आफ्नो देशभित्र अन्य प्रयोगकर्ताले पोष्ट गरेका र विश्वका विभिन्न देशका प्रयोगकर्ताले पोष्ट गरेका विचार वा आफ्ना राय व्यत्त गर्न सक्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com