उपत्यकामा एक दिनमै सात करोड रुपैयाँको दही बिक्री भएको छ। असार १५ मा धान दिवस मनाउने र दही चिउरा खाने चलन छ।
यसले गर्दा एक दिनमै दहीको कारोबार यति धेरै भएको हो । यो वर्ष असार १५ गते उपत्यकामा मात्रै ७ लाख लिटर दही बिक्री भएको छ। यसलाई पैसामा परिणत गर्दा ७ करोड मूल्यबराबरको कारोबार भएको देखिन्छ।
दहीको औसत मूल्य एक सय रुपैयाँ प्रतिलिटर छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान [डीडीसी]सहित निजी क्षेत्रको ३० वटा डेरीबाट उत्पादित यो परिणाममा दहीको कारोबार भएको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।