समाज कल्याण परिषद् महिला मन्त्रालय वा गृहमन्त्रालय मध्ये कोसँग रहने भन्ने विवाद सुरु भएको छ । महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी परिषद्लाई आफू मातहत राख्न विधेयकको मस्यौदा तयार पारेको थियो ।
तर, गृह मन्त्रालयले सहमतिविपरित आफू मातहत ल्याउन अर्को विधेयक मस्यौदाको तयारी सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी विधेयक मस्यौदा बनाएको थियो ।
अहिले आएर गृहले फेरि सुटुक्क अर्को प्रक्रिया थालेपछि विवाद भएको समाचार सार रहेको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।