लुम्बिनी क्षेत्रमा उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

पूर्णप्रसाद मिश्र/ विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ ।

धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् ।

धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत बढेको सुण्डी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत बुध कुँहार बताउनुहुन्छ । “सडकमा धुलो हुन थालेपछि सधैँजसो रुघा लाग्छ, घाँटी खस्खसाउँछ, आँखा रातो हुने समस्या छ, विद्यालय गएर पढ्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

सडकमा हिँड्दा आँखामा धुलोसमेत पर्ने गरेकाले आवतजावतमा समस्या हुने गरेको छ । यसका कारण विश्वका मानिसको ओहोरदोहोर हुने यो सडकका कारण पर्यटकमार्फत नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाल भ्रमण गर्न आउने पर्यटक पुग्ने प्रमुख स्थानमध्येको लुम्बिनी जाने सडकले प्रवाह गर्ने सन्देशका बारेमा बेलैमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने स्थानीय सदना भुज बताउनुहुन्छ ।

मायादेवी गाउँपालिकाको बेथरीबाट लुम्बिनीसम्मको सडक डेढ वर्षदेखि घाम लागेका बेला धुलो र पानी परेका समयमा हिलोले यात्रामा कठिनाइ हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । सुण्डी माविमा कक्षा १० मा अध्ययनरत वृजमोहन यादव सडकमा गिट्टी खन्याएर छोडे पनि नमिलाउँदा सवारीले उछिट्याइ आँखामा लाग्ने गरेको गुनासो गर्नुहुन्छ ।

मायादेवी गाउँपालिका–४, वनकसिया, कोइलीहवा, महिजिदियालगायत स्थानका मूल सडक जीर्ण हुँदा आन्तरिक एवं बाह्य पर्यटक दिक्क हुने गरेका छन् । ताप्लेजुङबाट लुम्बिनी घुम्न आउनुभएका सुमन लिम्बू लुम्बिनी जाने सडकको यस्तो दुर्दशा होला भन्ने नसोचेको बताउनुहुन्छ ।

काठमाडौँबाट लुम्बिनी घुम्ने पर्यटक लिएर गइरहनुहुने पर्यटन व्यवसायी तिलक श्रेष्ठ विश्वमै बुद्ध जन्मस्थल भनेर चर्चामा रहेको लुम्बिनीलाई किन वातावरणीयरुपमा आकर्षक नबनाएको भनी विदेशीले सोध्ने गरेको सुनाउनुहुन्छ । पर्यटकले यस्ता प्रश्न गर्दा के उत्तर दिने भनी अलमलमा पर्ने गरेको अनुभव उहाँको छ ।

यहाँका सडकमा साइकल पनि पर्याप्त गुड्छन् । सडकको जीर्णताका कारण धेरैजसो साइकल दुर्घटना हुने गरेको साइकलमा सवार जगदीश लोन बताउनुहुन्छ । निर्माण व्यवसायीले कहिलेकाहीँ मात्र धुले सडकमा पानी हाल्छन् । पानी हालेको एक दुई घण्टामै सुक्ने फेरि धुलो उड्ने गरेको उहाँको गुनासो छ ।

सडक बिस्तार गर्ने नाममा किनारका रुख बिरुवा काटेकाले वातावरणीयरुपमा नकारात्मक प्रभाव पारेको छ । जेठको घाममा पहिले रुख बिरुवा भएको भागबाट हिँडिने गरेकामा काटेपछि समस्या भएको स्थानीय बुध कुहाँरको दुःखेसो छ ।

वातावरण विभागका रसायनविद् ९केमिष्ट० केशव पौडेल ठेक्का सम्झौतामा वातावरण नबिग्रने गरी काम गर्न दैनिक पानी हाल्ने व्यवस्था हुने गरेको बताउनुहुन्छ । तर यस्तो व्यवस्थालाई व्यवसायीले पालना गर्ने गरेका छैनन् । सडकमा विशिष्ट व्यक्तिको आवागमन हुँदा मात्र पानी हालिन्छ । सम्झौतामा लेखिएको विषय स्थानीयवासीलाई थाहा नहुने भएकाले पनि किन पानी हालिएन भनेर कसैले खोजी गर्दैन ।

वातावरणमैत्री छैनन् उद्योग

विभागले तीन वर्षअघि लुम्बिनी क्षेत्रमा गरेको अनुगमनमा त्यहाँ सञ्चालित उद्योगले सांस्कृतिक सम्पदामा असर पु¥याएको निष्कर्ष निकालेको थियो । धुलोमात्र होइन, यहाँका उद्योगले फोहर पानी पनि निकालिरहेका छन् । रिलायन्यस पेपर मिल्स प्रालिले प्रशोधन गरेर दानव खोलामा पानी हाल्ने गरेको छ । फोहर पानीको प्रयोगशालामा परीक्षण गर्दा ‘बायोलोजिक अक्सिजन डिमाण्ड’ को मात्रा सरकारले तोकेकोभन्दा बढी पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सिद्धार्थ रिफइनरी एण्ड सल्भेन्ट्स प्रालिले निष्काशन गरेको फोहर पानी पनि मापदण्डभन्दा बढी पाइएको छ । लुम्बिनी क्षेत्रका धेरै उद्योगले वातावरणीय व्यवस्थापन प्रणाली अवलम्बन गरेका छैनन् । विश्वका धेरै उद्योगले यो प्रणालीलाई पछ्याए पनि नेपालका धेरै उद्योगले वातावरणीय पक्षमा ध्यान नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लुम्बिनी–भैरहवा औद्योगिक करिडोरमा रहेका सिमेन्ट, खाद्य, इट्टा, स्टील, स्पीनिङ र सिन्थेटिक, प्लाइउड, हर्बल एवं पेपर उद्योगमा प्रयोग भएका जेनेरेटर सेट, ब्वाइलर फर्नेश आयल सेट र तिनमा प्रयोग हुने डिजेल, धानको भुस, फर्नेश आयल, दाउरा र कोइला, सिमेन्ट उद्योगबाट चुहिने सिमेन्टको धुलो त्यस क्षेत्र वरपर वायु प्रदूषणको प्रमुख स्रोत बनेको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत यस क्षेत्रको वातावरणीय सुधारमा सरोकार भएका निकायले बेलैमा ध्यान नदिए प्रदुषणका कारण पर्यटक आवागमनमा प्रभाव पर्नसक्ने स्थानीयवासीको चिन्ता छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com