जुलाईमा ग्रिनकार्डबाहकले दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० सँगै ग्रिनकार्ड फाइल गर्नसक्ने


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

आगामी जुलाईमा अमेरिकी ग्रिनकार्डकार्डवाहकले दम्पत्ति र २१ बर्ष नपुगेका अविवाहित छोराछोरीहरुका लागि आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन समेत फाइल गर्नसक्ने कानुनविदहरु रोबर्ट ब्लान्को र जोसेफ बर्नेटले जनाएका छन् । यो अवस्था जुलाईदेखि सेप्टेम्बरसम्म रहने अनुमान गरिएको छ ।

आई १३० सँगै आई ४८५ ग्रिनकार्ड आवेदन दिनका लागि दम्पत्ति वा छोराछोरी अमेरिकामा नै भएको हुनुपर्छ । अमेरिकाबाहिर दम्पत्ति र छोराछोरीहरु हुनेहरुका सन्दर्भमा भने उनीहरुको आवेदन युएससीआईएसले नेशनल भिसा सेन्टरमा पठाएर प्रकृया अगाडि बढाउँछ ।

जुलाई महिनाका लागि जारी गरिएको भिसा बुलेटिन अनुशार परिवारमा आधारित एफ टु ए क्याटेगोरी करेन्ट भएको छ । जसको अर्थ ग्रिनकार्ड बाहकले पनि अमेरिकी नागरिक सरह नै दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदनका साथमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाउने भएका छन् ।

कतिपय कानुन व्यवसायीहरुले यो समय विवाह गर्न चाहने ग्रिनकार्डवाहकका लागि सुनौलो मौका रहेको जनाएका छन् । अर्थात् श्रीमान् श्रीमति नै अमेरिका रहेको सन्दर्भमा अहिले विवाह गरेर जुलाईमा दम्पत्तिका लागि आवेदन दिनेले आई १३० आवेदनका साथमा आई ४८५ आवेदन समेत दिन सक्नेछन् ।

जुलाईमा यो अवस्था कायम रहने निश्चित भएपनि अगस्त र सेप्टेम्बरमा भने ग्यारेन्टी छैन । अक्टोबरमा नयाँ आर्थिक बर्ष सुरु भएपछि भने ग्रिनकार्ड वाहकका दम्पत्ति र छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्न आई १३० आवेदन स्वीकृत भएपछि पनि महिनौं कुर्नुपर्ने अवस्था आउनसक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com