२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
दर्शन

मलेसिय बस दुर्घटनामा दुई नेपालीको मृत्यु, १२ घाइते

मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ भने १२ जना घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ ।

४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११:१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दुई नेपाली, पाँच जना बंगलादेशी र चार जना इन्डोनेसियन नागरिक छन् ।

काम सकेर होस्टेलमा फर्किने क्रममा उक्त बस दुर्घटना भएको न्यू स्टार टाइम्समा उल्लेख गरिएको छ । टाइम्सका अनुसार चालकसहित आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जनाको उपचारका क्रममा सेरदाङ र पुटराज्य अस्पतालमा मृत्यु भएको हो ।

ज्यान गुमाउने नेपालीमा २८ वर्षीय जगरनाथ सिंह दनुवार र ३७ वर्षीय रामु चौधरी रहेका छन् । ३४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १२ जना नेपाली छन् ।

घाइतेको नेपाली नागरिकको नाम

२८ वर्षीय कृष्णबहादुर पुनमगर, २४ वर्षीय भरत शाही, पदमबहादुर कुँवर, सन्तोष कुमार साह, २५ वर्षीय सुमन काम्छा मगर, ३१ वर्षीय सन्तोषकुमार यादव, २७ वर्षीय लोकेन्द्रबहादुर शाही, २४ वर्षीय केशव थापा, ३२ वर्षीय लोकश ओली, महेशकुमार बुढाथोकी, सुरज यादव, विश्वकर्मा मण्डल छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →