नेपाल र इजिप्टलाईमात्र डिभी भिसामा सिमाबन्दी, ६२७५ सम्म केस नम्बर हुने नेपालीलाई जुलाईमा भिसा
प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार
आगामी जुलाई महिनामा ६२७५ सम्म केस नम्बर हुने नेपाली डिभी लोटरी विजेताहरुले अमेरिकाको भिसा प्राप्त गर्नेछन् । जुन महिनामा भने ५७७५ सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् । जुन महिनामा डाइभर्सिटीभिसामा विश्वब्यापी नै सिमाबन्दी रहेपनि जुलाई महिनामा यस्तो सिमाबन्दी नेपाल र इजिप्टलाईमात्र लगाइएको छ ।
अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाका लागि जारी गरेको भिसा बुलेटिन अनुशार जुलाईमा नेपाल र इजिप्टलाईमात्र डिभी भिसामा सिमाबन्दी लगाइएको छ । अरु देशका डिभी विजेताहरुले भने जतिसुकै केस नम्बर भएपनि भिसा प्रकृया अगाडि बढाउन सक्नेछन् ।
सन् २०१७ को अक्टोबरमा डिभी लोटरी भरेर विजेता भएकाहरुलेमात्र अहिले भिसा प्राप्त गरिरहेका छन् । सन् २०१८ को अक्टोबरमा डिभी लोटरी भरेर गतसाताको नतिजा अनुशार डिभी लोटरी जितेकाहरुले भने आगामी अक्टोबरदेखि अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।