१ हजार डलर चुनावी खर्चमा किरण सिटौला अमेरिकामा उपमेयरमा बिजयी


प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार

विजय थापा

किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उप नगर प्रमुख(मेयर) मा दोश्रो पटकको लागि पुन : बिजयी भएका छन् । उनि यसै नगर पालिकाका पूर्व उप नगर प्रमुख (भाइस मेयर )पनि हुन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सबै भन्दा पहिला उप नगर प्रमुख (भाइस मेयर )मा निर्वाचित भै ईतिहास कायम गर्ने पहिलो नेपाली पनि हुन् ।

टाउन अफ इण्डियन हेड नगरपालिकाको लागि चुनावी मैदानमा सिटौला सहित ६ जना उम्मेदवार रहेका थिए । जनताले पुन :सन् २०१५ मा निर्वाचित भएका तिनै उम्मेदवालाई सोही पदमा निर्वाचित गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त पदको कुनै पनि राजनैतिक दलको प्रतिनिधित्व नगरि सिटौला स्वतन्त्र रुपमा चुनावमा लडेका थिए । उनले कूल मत २०८ मत प्राप्त गरेका छन् । उक्त नगरपालिकामा अनुमानित ४ हजार ५ सय परिवार रहेका छन् भने मतदाता करिव ३ हजार रहेका छन् । आज कुल मत ४४२ खसेको थियो ।

सन् २०१५ मा सर्वाधिक मत ल्याई नगर प्रमुखमा निर्वाचित भएका ब्राण्डन पौलिन मेरिल्याण्डको ईतिहासमा सबै भन्दा कान्छो ब्राण्डन ले पुन उम्मेदवारी दिएका थिए भने उनि नगर प्रमुख दोश्रो पटक बिजयी भएका छन् । उनले ३०९ मत ल्याई नगर प्रमुख भएका छन् ।

सिटौलाले सन् २०१५ मा दोश्रो ज्यादा मत ल्याएकोले यस पटक पनि दोश्रो ज्यादा मत २०८ मत प्राप्त गरि उप नगर प्रमुख भएका छन् । यस पटक सिटौलाले नगर प्रमुख पदको लागि नगर प्रमुख ब्राण्डन पौलिन संग प्रतिस्प्रद्धा गरेका थिए ।

त्यसै गरि नगर परिषद सदस्यमा कुर्टिस स्मिथ निर्वाचित भएका छन् भने उनले २०२ मत ल्याएका छन् ।

सन् २०१५ को निर्वाचनमा आफूले अपनाएका नीति झैँ २०१९ मा भएको निर्वाचनमा पनि उनले कसैसंग चुनावी आर्थिक सहयोगको लागि हात फैलाएनन । र नेपाली समुदायलाई आग्रह गरेनन । नेपाली संचार माध्यमबाट टाडा रही आफ्नो निर्वाचन प्रचारलाई सामाजिक संजालमुखी र प्रचारमुखी नबनाई घरदैलो अभियानलाई तिब्र बनाई चुनावमा होमिएका थिए ।

चुनावी खर्च कति भयो ?

उनले भने नगरपालिकाको लागि अर्थ को धेरै आवश्यक नपर्ने हुनाले यो चुनावमा करिव एक ($ १००० ) हजार डलर मात्र खर्च भएको बताए । त्यो पनि चुनाव प्रचार सामग्रीको खरिद गर्दा लागेको बताए । यस्तो पदको लागि कोष वृद्धि(फन्ड राइजिङ्ग) गरि रहनु नपर्ने पनि बताए ।

२४ बर्ष अगाडी अमेरिका आएका ४५ बर्षका सिटौलाले ४ बर्षको कार्यकालमा विकासका काम गरेर बिश्वास दिलाएको हुनाले नगर पालिकाको उप नगर प्रमुखमा जनताले बिजयी गराएका हुनाले सबैलाई धन्यबाद दिएका छन् ।


यस पटकको निर्वाचनमा उनले अमेरिकाको डिसि महानगर क्षेत्रका नेपाली समुदायलाई संदेश लेखेका थिए । संदेश यस्तो थियो ‘आज म जहाँ छु त्यो मैले नेपालमा त्यस्तो शिक्षा नलिएको भए म यहाँ र यो अवस्थामा हुने थिइन् । साथै मलाई मेरो परिवारको साथ कै कारण म आनन्द लिई रहेको छु ‘ मैले सत्य बोलेर नै नेपाली आप्रवासी समुदायको साथ मेरो सम्पूर्ण जीवनमा विकास गरेको छु ।

म सम्मान साथ भन्न चाहन्छु आज हामीसंग मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी ,भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्य मधु पन्थी र भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल छ्न । मलाई आशा छ ,सरकारका विभिन्न तह र स्तरमा हाम्रो प्रतिनिधित्व हुने छ । आफूले आफ्नो शहरमा इमान्दारिता ,सत्यनिष्ठा तथा दूरदर्शिता साथ सेवा गरेको भन्दै जुन मैले चाहेको थिए त्यस अनुसार काम गरेको भनाई राखेका थिए ।

उनले एक कार्यकाल नगर प्रमुख हुन् चाहेको संदेश दिएका थिए । टाउन अफ इण्डियन हेड लाई पुनर्जीवन गर्न आफ्नो उम्मेदवारी दिएको भनि उनले प्रचार प्रसार सामग्री वितरण गरेका थिए । यस पटक उनका नजिक रहेका आफन्त,शुभचिन्तक ,साथीभाई ,समाजसेवीहरुले पनि चुनाव अभियानमा सहयोग गरेका थिए । यस पटक उनको चुनावमा नेपाली मूलका मेरिल्याण्डका बिधान सभा सदस्य एचबि ह्यारी भण्डारी ,भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल लगायत आएका थिए ।

बुढानिलकण्ठबाट १० कक्षा उत्रिण गरे पछि उच्च शिक्षाको लागि अमेरिका आएका सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटावेस टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । हाल मेरिल्याण्ड आन्तरिक राजश्व विभागमा सूचना सेवामा कार्यरत छन् l

काठमाडौंको नक्सालमा जन्मिएका सिटौला विश्व बैंकका साथै अमेरिकी पत्रिका ‘युएसए टुडे’ मा वितरक व्यवस्थापक रुपमा काम गरेका थिए । सिटौला आफू बसोबास रहेको क्षेत्रमा स्थानीय इण्डियन हेड इलिमेन्ट्री बिद्यालयमा विज्ञानसम्बन्धी अतिरिक्त क्रियाकलाप सम्बन्धी स्वयम् सेवकका रुपमा काम गर्दै आएका छन्

उप नगर प्रमुखमा यसरी निर्वाचित भए ;

सन् २०१५ कै चुनावी रणनीति झैँ यस पटक पनि आफूले गरेका बिकासका काम र गर्नु पर्ने मुख्य कार्यसूचीलाई अगाडी बढाई जानकारी सहित ४ हजार २ सय मतदाताका घर दैलो अभियानलाई व्यापक बनाउदा सफल भएको बताए l

सिटौला बुढानिलकण्ठका पूर्व विद्यार्थीहरुको संगठन सेब्स उत्तर अमेरिकाको संस्थापक अध्यक्ष पनि हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com