डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै, यसो भन्यो अमेरिकी विदेश मन्त्रालयले
प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार
डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै छ । एकै पटक धेरैजनाले वेवसाइट लगइन गरेका कारण समस्या भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयरले जनाएको छ ।
Our #DiversityVisa servers are continuing to experience high volume, and many users are having difficulty reaching the site. We encourage DV2020 entrants to check back later if they are unable to access the site. #DV2020
— Travel – State Dept (@TravelGov) May 8, 2019
युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले आज ट्विट गर्दै डिभी लोटरी चेक गर्ने वेवसाइट लगइन गर्नमा समस्या भएमा पछि चेक गर्न सुझाव दिएको छ । हिजो पनि ब्युरो अफ कन्सुलर अफेयरले ट्वीट गर्दै वेवसाइटमा समस्या भएको जनाउँदै भरे वा भोलि चेक गर्न सुझाव दिएको थियो ।
डिभीलटरी डट स्टेट डट जिओभी अमेरिकी सरकारको डिभी चिट्ठा नतिजा थाहा पाउने आधिकारिक वेबसाइट हो । मंगलबार नतिजा सार्वजनिक भएसँगै आवेदकहरुले सो साइट एक्सेस गर्न प्रयास गरिरहेका छन् ।
#DiversityVisa Applicants: The volume of applicants trying to access https://t.co/obmrkalQj1 is currently very high, and some applicants are experiencing difficulty attempting to check their status. You may wish to wait to check your status later today or tomorrow. #DV2020
— Travel – State Dept (@TravelGov) May 7, 2019