सेनामा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिनमा


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ । यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ ।

छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ । पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ । जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिलोपटक हो । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्रसहित प्रमाणपत्र पठाइरहेको छ । पछिल्लो समय एकैपटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेको छ ।

सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ । तर फरकफरक गुल्म, गण र टुकडीमा कार्यरत सैनिकको प्रमाणपत्र छुट्टाछुट्टै आउँछन् । अधिकारीका अनुसार कतिपय भने व्यक्तिगत रूपमै आउने गरेका छन् । उनले भने, ‘कहिले जवान आफैं आउँछन् । कहिले एकैजनाले पनि दर्जनौं प्रमाणपत्र ल्याउने गरेका छन् ।’ याे समाचार सूर्यप्रसाद पाण्डेले अन्नपूर्णमा लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com