नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट
प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार
/fli6«o ufgdf ;l/s ;+3Lo ;+;b ejg gofF afg]Zj/df z’qmaf/ a;]sf] ;+3Lo ;+;bsf] ;+o’Qm a}7s z’? x’g’cl3 /fli6«o ufgdf ;l/s x’Fb} /fi6«klt ljBfb]jL e08f/L, ;efd’v s[i0faxfb’/ dx/f / /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/M k|bLk /fh jGt, /f;;
सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ह्वपि जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न निर्देशन दिनुभएको थियो । २४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आ–आफ्नो धारणा राख्न उहाँले निर्देशन दिए ।
तर सांसदहरु जनार्दन शर्मा, रामकुमारी झाक्री र सुरेन्द्र पाण्डेलगायतले नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग अगाडि सारेका थिए । असन्तुष्टि जनाउने सांसदहरुले नेताको निर्देशन र व्हीप मात्रै जारी गर्न मात्र कार्य स्वीकार्य नभएको चेतावनी दिएका थिए ।






