नवीन राई र सुष्मा विश्वकर्माबीच मागी विवाह


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो । कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह ।

बेहुला हुन्, हाल धरान उपमहानगरपालिका–१३ का नवीन राई । बेहुली धरान–१५ की सुष्मा कालिकोटे (विश्वकर्मा) । पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात ।

यी दुई जातिबीचको बिहेवारीलाई अझै पनि नेपाली समाजले सहज रूपमा पचाउन सकेको छैन । तर नवीन र सुष्माले आधा दशक लामो चिनजान र प्रेमलाई सहज रूपमा विवाहमा परिणत गरे । उनीहरूको निर्णयलाई दुवैका परिवारले सहर्ष स्वीकार पनि गरे ।

प्रेम विवाह गरेका नवीनको परिवारले शुक्रबार साँझ सुष्माको माइतीघरमा पुगेर रितअनुसार ‘चोरको सोर’ (भगाएर बिहे गरेपछि रीत बुझाउने चलन) बुझाएको थियो । त्यसका लागि नवीनको तर्फबाट उनका जेठा दाजु भीम राई ज्वाला, भाउजू चन्द्र लावती, माइला दाइ सुदीप आफैं पनि साथीभाइसहित सुष्माको माइतीघरमा पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवै पक्षबाट नवीन र सुष्माको निर्णयलाई स्वीकार गरी अनुमोदन भएपछि शनिबार साँझ केटा पक्षले टीकाटालो गरेर आफन्त, साथीभाइलाई ‘पार्टी’ दिएको थियो । नवीन र सुष्माबीच करिब सात वर्षअघिको चिनजान प्रेममा परिणत भएको थियो ।

उनीहरूमा यो र त्यो जात भन्ने कहिल्यै आएन । नवीन वैदेशिक रोजगारीमा पाँच वर्ष दक्षिण कोरिया गए ।

कोरिया जानुअघि नै उनले सुष्मालाई परिवारमा चिनजान गराए । नवीनको परिवारमा पनि कसैले नाइँनास्ती गरेनन्, सबैले दुवैलाई साथ दिए । ‘हामी साथी थियौ, पछि सम्बन्ध गाढा भयो,’ नवीनले भने, ‘परिवारबाट सबैको साथ पाइयो ।’

सम्बन्ध स्थापनामा पारिवारिक पृष्ठभूमिको योगदान

सुष्मालाई बुहारीका रूपमा सहर्ष स्वीकार गरेर भिœयाउनुमा नवीनको परिवार तथा अभिभावकको वामपन्थी विचार र पृष्ठभूमिले मुख्य भूमिका खेल्यो । उनीहरूको पुख्यौली घर सिरहाको मिर्चैयास्थित घुर्मीमा पर्छ ।

सिरहाको गाउँमा हुँदा पनि यो परिवारले कहिल्यै जातीय छुवाछूत र भेदभाव गरेन । सबैको लागि उनीहरूको घर खुला थियो ।

नवीनका पिता मादन राई पञ्चायतकालमा नै वामपन्थी राजनीतिमा थिए । वर्गीय मुक्तिको कुरा गर्थे । त्यसैले उनका लागि सबै मानिस समान थिए । कुसंस्कारविरुद्ध सधैं बोल्थे । २०३६ सालमा त उनी १८ महिना जेल पनि बसे ।

पिताकै पदचापमा हिँडे, नवीनका जेठा दाजु भीम राई ज्वाला पनि । उनी पत्रकारितासँगै मजदुरको राजनीतिमा सक्रिय छन् । हाल उनी जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय अध्यक्ष तथा नेकपा सुनसरी जिल्ला सचिवालय सदस्य हुन् ।

यो वामपन्थी पारिवारिक पृष्ठभूमिले गर्दा पनि यो परिवारमा बुहारी भित्रँदा जातले महत्व पाएन । नवीनको रोजाइ र निर्णयमा सबैले साथ दिए । ‘हाम्रो बुबा पनि लामो समय कुसंस्कारविरुद्ध र सामाजिक रूपान्तरणमा हिँडेका मान्छे, म आफैं पनि त्यही बाटोमा हिडिरहेको मान्छे,’ नवीनका जेठा दाइ भीम ज्वालाले भने, ‘भाइले सुष्मा बुहारीको विषयमा भन्दा सहर्ष स्वीकार ग-यौं ।

सामाजिक रूपान्तरणको कुरा बोलेर, भाषण गरेर मात्र हुँदैन, व्यवहारमा नै उतार्नुपर्छ भन्ने हामी कान्छा भाइ बुहारीको निर्णयबाट असाध्यै खुसी छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com