लाबुङको नेतृत्वमा चुम्लुङ अमेरिकाको समिति चयन


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

सोमनाथ हुँमागाई 

किरात याक्थुङ चुम्लुङ अमेरिकाको ७औंमहाधिवेशनबाट वीरेन्द्र हाङ लाबुङ लिम्बुको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मतिमा चयन भएकोछ।

स्थानीय न्युयोर्क शहर अमेरिकामा सम्पन्न उक्त महाधिवेशन, प्रमुख अथिति नेपाल आदिवासी जनजातीमहासंघ अमेरिकाका अध्यक्ष मान राणामगरले दीप प्रज्वलन गरेर उत्घाटन गरेका थिए । चुम्लुङ अमेरिकाको नेतृत्वमा आउँन धेरैले इच्छा राखेको हुनाले सर्वसम्मतिमा आउँन निकै सकस परेको थियो ।

तर निर्वाचनसमितिका संयोजक लीला सिंघक सदस्य  मुनिन्द्र नेम्वाङ र जोविन कुरुम्भङ लगायत सबै उपस्थित लिम्बुहरूको बिशेषपहल र भुमिकामा  समिति सर्वसम्मतिमा चयन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिवेशनको बन्दसत्रमा  विधान मस्यौदा समितिका संयोजक बरिष्ठ अधिवक्ता दुर्गा सुब्बाले प्रस्तुत गरेको बुदाँहरू माथि सहभागि भेलाको छलफलपस्चात मस्यौदा समितिका सदस्य बिक्रम नेम्बाङको टिप्पणी पछि तत्काल आवश्यक बुदाँहरू लाईअधिवेशनले पारित गरेको थियो ।

 सोही सत्रमा  महासचिव लोक चेम्जोङ र कोषाध्यक्ष बिजेता थेवेले आफ्नोकार्यकालको सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष दिपेश लिम्बुले आफ्नोकार्यकालमा गरेका र  चुम्लुङ अमेरिकाको भावी कार्यदिशाका बारेमा चर्चा गरेका थिए ।

 युवा तथामहिलाहरूको बाक्लो उपस्थिति रहेको  चुम्लुङ अमेरिकाको ७औं अधिवेशनबाट अध्यक्ष-बिरेन्द्र हाङ लाबुङ,बरिष्ठ  उपाध्यक्ष-बुद्ध चेम्जोङ, उपाध्यक्ष-कुबेर वनेम, महासचिव -सुमन थाम्सुहाङ लिम्बू, सचिव-सुर्यलिङदेन,कोषाध्यक्ष-सरोज थाङदेन ,सहकोषअध्यक्ष-ममता सुब्बा सदस्यहरू-वाराक हाङ पालुङ्वा, चुडाचेम्जोङ, बिष्णु चोङ्बाङ, सुबास चोङ्बाङ, सोनिया लाबुङ, निरा नेम्बाङ, पुर्ण कुमार थक्लुङ, गजेन चेम्जोङ,भिम मादेम्बा, हरि जबेगु, ललित सम्बाहाम्फे, सन्तोश लाबुङ यात्री, खिल मान लिम्बु गरेर  २१ सदस्यीय कार्यसमितिको सर्वसम्मतिमा चयन भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com