बलात्कार प्रयास असफल भएपछि बालिकाको घाँटी अँठ्याएर हत्या


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलात्कार प्रयासपछि हत्या भएको छ। अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३ श्रीमञ्ज्याङका ४५ वर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।

घरभित्र रहेकी अनिशालाई जबर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका छन्। स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटना गएको वैशाख ९ गते भएपनि हत्याजस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा दम्पत्तिले बालिकालाई कर्तव्य गरेको स्वीकार गरेपछि थप कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी ढकालले बताए।

दम्पत्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।अन्नपुर्ण दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com