वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय सैलेशकुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।
पछिल्लो चार महिनामा उनको स्थिती थप खराब भएको थियो । प्रहरीका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छाडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो चौथो तल्ताबाट हाम फालेर आत्महत्या गरे ।
सैलेश सिंहका जेठा छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् । यो समाचार कारोबारमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।