बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्गे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन् ।
गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास्थ्य शिविर चलाउँथे । शिविर चलाउँदा चलाउँदै बिरामी भएपछि उनको मुटुको अप्रेसन भयो । डाक्टरले आराम गर्नु भनेका छन् । तर आराम गर्दैनन् । गुम्बामा लामासँगै गाउँलेको उपचारमा खटिइरहेका छन् । यो समाचार राजु स्याङ्तानले नयाँ पत्रिकामा लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।