प्रधानमन्त्री ओलीबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन (फाेटाे)


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भैरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरेका छन् । उनले बिहीबार बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरेका छन् ।

सम्पदा पुनर्निर्माणको अवलोकन गरेपछि उनले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्पदा पुनर्निर्माणको अवलोकनपछि प्रधानमन्त्री ओलीले काष्टमण्डपमा राखिएको आगन्तुक पुस्तिकामा सम्पदा पुननिर्माणको कामबाट आफू खुशी रहेको बताए । ‘पुनर्निर्माण समिति अर्थात यसको नेतृत्व र समग्र टिमको उत्साह र आत्मविश्वास हेर्दा खुशी लाग्यो’ उनले लेखेका छन् ‘ प्रगति सन्तोषजनक छ, लगभग आगामी १८ महिनाजसोमा निर्माण कार्य सम्पन्न गर्ने अठोट सुन्दा खुशी लाग्यो ।’

पुनर्निर्माणका क्रममा पाँचौं शताब्दीको काठ प्रयोग हुन सक्ने अवस्थामा भेटिएको र उपयोग गरिएको सुन्दा आश्चर्यमिश्रित खुशी लागेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि सम्पदा पुनर्निर्माणको अवलोकन गरेका थिए । फाेटाे – रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com