करछलीमा मौन, राजस्व कार्यालय लाहान


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

आन्तरिक राजस्व कार्यालय लाहान, बजारमा कर छलीका गुट्खा पान पराग धमाधम विक्री हुंदा मौन छ । बजारमा दुइ किसिमका यस्ता छली सामान भेटिएका छन् ।

 

भन्सार छलीका पान पराग गुट्खा लाहान बजारमा व्यापक फेला परेको छ । भारतबाट यस्ता गुटखा भन्सार छली गरेर नेपाल भित्रियाउने गरिएको छ ।

नेपालमा पनि यस्ता गुट्खाको अवैध विक्रीबितरण हुदै आएका छन् । गुटखा कारोबारीहरुले २० देखि २५ प्रतिशत गुटकामा राजस्वको स्टीकर लगाउने गरेको छन् । अधिकतम गुटखामा स्टीकर नलगाएको भेटिएको छ । उक्त छलीको विषयमा सोमबार लहान उद्योग वाणिज्य संघमा भएको व्यवसायीहरुको छलफल कार्यक्रममा यस्तो कारोबारको खुलासा भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

आन्तरिक राजस्व कार्यालय लहान भने बेखबर जस्तै छ । लहान बजारमा गुटकामा व्यापक राजस्व छली हुंदा सम्बन्धित निकायहरु मौन छन् । पान गुटखामा विना स्टीकरको जिल्ला सिरहा , सप्तरी , धनुषा आदि सबै बजारमा व्यापक विक्री भइरहेको छ ।

यसवारे आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क गर्दा सबै ठाउ पुग्न नसकिएको बताएको छ । आन्तरिक राजश्वको बेवास्ताका कारण कर छलीमा व्यस्त व्यवसायी यस्ता धन्दा चलाइरहेको छन् ।
राजस्व छली हुन नदिन तथा नक्कली कमसल गुटखा विक्री वितरण नगर्न लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य आग्रह गरेका छन् ।

राजस्व छली, अखाद्य, म्याद नाघेको, नक्कली मालसमान खरिद विक्री नगर्न यसको लागि लहान नगरपालिकाले सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने व्यवसायी रमेश मुरारकाले बताए । बजारमा ९० प्रतिशत पेय पदार्थ म्याद नाघेको बिक्री वितरण भइरहेको यवसायीहरुको व्यापारीहरुको छलफलमा सो खुलासा भएको हो । नेपालमा पेय पदार्थको म्याद तीन महिना मात्रै तोकिएको हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com