वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशत बढेको छ भने निर्यातको वृछि १५.३ प्रतिशत मात्रै छ । निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेको हो ।
आयात बढ्दै गए पनि सोे अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यो समाचार लक्ष्मी सापकोटाले कारोबारमा लेखेकी छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।