बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ ।
राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्गाको रजिस्ट्रेसन पास गरिएको हो । प्रतिआना सात लाखमा बेचेको जग्गालाई रजिस्ट्रेसन पास गर्दा ५० हजार देखाएर राजस्व छली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस आधारमा ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा नौ करोड रुपैयाँ हाराहारीमा बेचेको देखिन्छ । तत्कानीन भोगधिकारीले २०६१ सालमै ललितानिवासले चर्चेको सो जग्गा बिक्री गरेका थिए । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।