श्रीलंका बिष्फोटमा संयोगले जोगिए यी नेपाली


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

श्रीलंकामा भएको बिष्फोटमा एकजना नेपाली परशु गौतम संयोगले जोगिएका छन् । आइतवार बिहानको खाना खाएर निस्किएको ठाउँमा आधा घण्टापछि विस्फोटन हुँदा कैयनको मृत्यु भएको थियो । तर आधा घण्टा अगाडि निस्किएका कारण उनी अप्रिय घटनाबाट बचे ।

उनी डेढ महिना समयदेखि कोलम्बोस्थित साङ्ग्रिला होटलको अपार्टमन्टमा बस्दै आएका छन्। गौतम विगत १४ वर्षदेखि श्रीलङ्कामा व्यापार गर्दै आएका छन्।

घटनाबारे थाहा पाएपछि उनले नेपाली दूतावासलाई आफू सुरक्षित भएको जानकारी दिए। त्यहाँ स्थिति तनावपूर्ण रहेको र सुरक्षित पनि नलागेको भन्दै उनी फर्केर होटल नगएको जनाएका छन् । उनी पेलियागोडास्थित कार्यालयमा नै बसेको जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परशु गौतम यही स्थानबाट आधाघण्टा अगाडि निस्केका थिए ।

२ सय जनाभन्दा धेरैको मृत्यु हुने गरी गराइएको बिष्फोटमा अहिलेसम्म ८ देशका १४ जना विदेशीहरु मारिएको पुष्टी भइसकेको छ । मृत्यु हुने विदेशीहरुमा २ जना अमेरिका र बेलायतको दोहोरो नागरिकता भएका सहित ५ जना बेलायतीहरु, ३ जना भारतीय, २ जना चिनिया, २ जना टर्किस, १ जना डच र एकजना पोर्चुगिज रहेको पुष्टी भएको छ ।

विहान झण्डै पौने नौ बजे कोलम्बो, नेगोम्बो र बाटिकालोआमा तीनवटा चर्चमा बिष्फोट गराइएको थियो । आक्रमणकारीले तीनवटा होटल र बैंकट हलमा पनि बम हमला गरेका थिए । आठौं बिष्फोट सिटीमा रहेको फ्लाइओभर मुनीको घरमा भएको थियो ।

विहान पौने ९ बजेदेखि साढे ९ बजेसम्म आत्मघाती हमलाकारीहरुले आक्रमण गरेका थिए । बौद्धधर्मालम्बीहरुको बाहुल्य रहेको श्रीलंकामा हिन्दु, मुस्लिम र क्रिस्चियन समेत रहदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com