भूमाफियालाई कारबाही गरिने महासचिव पौडेलेको चेतावनी


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर प्राप्त रकमबाट बालुवाटारमा ८ आना जग्गा किनेको स्पष्ट गरेका छन् ।
पौडेलले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष लागू हुनु पर्ने भन्दै कसैले पन िसार्वजनिक जग्गा हडप्न नपाउने समेत बताएका छन् ।

छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद आएपछि पौडेलले शुक्रवार सांझ वक्तव्यमार्फत जग्गा प्रकरणमा ६ बुंदे बक्तव्य जारी गर्दै अनावश्यक चरित्र हत्या नगर्न समेत अपिल गरेका छन् ।

महासचिव पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा पार्टी र सरकार कुनै पनि कारणले पछि नसर्ने स्पष्ट निर्देशन समेत दिएका छन् ।
पौडेलले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा गरिएकोे दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई स्वागत गर्दै जो कोही दोषी ठहरिए पनि नछाडिने बताएका छन् ।

‘यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस र छानविनका निष्कर्षहरु कार्यन्वयन होउन् भन्ने अपेक्षा गर्दछु । र राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरुप्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाएका आरोपहरु पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु साथै सत्यको कसीमा ती आरोपहरु स्वतः खण्डित हुनेछन् ।’ यसरी पौडेले आफ्नो चरित्र हत्या गर्नेहरुलाई समेत पुष्टि गर्न चुनौति दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौडेलले बालुवाटारको जग्गा खरिद गर्दा कुनै पनि सार्वजनिक पदमा पनि थिएनन् । त्यसो त ०६५ सालमा मन्त्री हुंददेख िहालसम्म पौडेलले सम्पत्ति विवरणमा समेत सो जग्गा उल्लेख गर्दै आएका छन् ।

पौडेलले सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई कीर्ते गर्ने वा गराउने कार्यमा आफू र आफ्नो परिवारको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता नरहेको र यस्तो अपराधन्जय गतिविधि सोच्न समेत नसकिने स्पष्ट गर्दै सत्य तथ्यमा आधारित समाचार समाचार सम्प्रेषण गर्न समेत अपिल गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महासचिव पौडेलले नै नेतृत्व गरेको सरकारले गरिरहेको छानविनमा पौडेलमाथि नै प्रश्न उठाइनु दुर्भाग्य भएको बताएका छन् । ज्ञावलीले भने कुनै कारणले कहिलेकाहीं क्रेता र विक्रेताका बीचमा कोही झुक्किएजस्तै घटना भन्दा बढी केही नभएको स्पष्ट गरेका छन् ।
त्यसो त सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले महासचिव पौडेल त्यतिबेला झुक्किएको हुनसक्ने बताएका छन् ।
ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा बनाउने काममा गिरिजा प्रसाद कोइरालाको सरकारदेखि माधव नेपाल प्रधानमन्त्री र दिंवगत तत्कालीन मुख्य सचिव माधव घिमिरेसम्मको नीतिगत संलग्नता देखिएको छ । त्यो काममा भूमाफिया डा शोभकान्त ढकाल र उनको गिरोह अग्रसर रहेको र उनलाई ०६५ सालमा माधव नेपाल प्रधानमन्त्री भएका बेलाको एउटा क्याविनेट बैठकले पुन ः प्रमाणित गरेर माधव घिमिरेले मार्ग प्रशस्त गरिदिएको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ललिता निवासको ११३ रोपनी जग्गा र त्यत्तिकै मात्रमा भाटभटेनीको गोदामा बनाइएको अर्को पट्टीको जग्ग समेत दर्जनौं व्यक्तिको नाममा खरिद विक्रि भएको नयां तथ्य फेला परेको छ ।

पौडेलको पछिल्लो वक्तव्य जस्ताको तस्तै

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com