प्रहरी घाट पुग्दा मलामीको भागाभाग,शव प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

जलाउन घाट पुर्याएको महिलाको शव शुक्रबार प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणवारे अनुसन्धान सुरु गरेको छ । वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो। अन्जुका पति पन्नालालसमेत फरार छन्। परिवारकै सदस्यबाट अन्जुको हत्या भएको आशंकामा अनुसन्धानका लागि लाश नियन्त्रणमा लिएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिए। उनले शव जलाउन गैया घाटमा लैजादै गर्दा प्रहरी पुगेपछि शव छोडेर मलामी भागेकोले घटना शंकास्पद देखिएको उनले बताए।

स्थानीयका अनुसार अञ्जुदेवीका पति पन्नाला र आफन्तले सुरुमा शव भारतमा लगेर दाहसंस्कार गर्न खोजेका थिए। उनीहरुले घरमै एम्बुलेन्ससमेत बोलाएका थिए। तर, एम्बुलेन्स चालकले शव भारत लैजान नमानेपछि सिर्सिया घाटमा जलाउने तयारी भएको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com