अब कतारमा पीआरका लागि आवेदन दिन पाइने


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

कतारमा अब विदेशी नागरिकहरुले पीआर तथा स्थायी बसोबासका लागि आवेदन दिन पाउने भएका छन् । कतारमा २० बर्षदेखि लगातार कानुनी रुपमा बसोबास गर्दै आएका व्यक्तिले अब पीआरका लागि आवेदन दिन पाउने भएका छन् ।

त्यस्तै कतारमा जन्मेको कुनै विदेशी नागरिक लगातार १० बर्षसम्म कानुनी रुपमा बसोबास गरेको भएमा पनि पीआरका लागि आवेदन दिन सकिने भएको छ । यो नियमसँग अब कतार पीआरको अनुमति दिने पहिलो अरब गल्फ राष्ट्र बनेको छ ।

कतारको आन्तरिक मन्त्रालयले अब हरेक बर्ष एकसयजनासम्मलाई पीआर जारी गर्ने भएको छ । तर कतारको पीआर प्राप्त गर्नका लागि झण्डै आधा दर्जन शर्तहरु पूरा गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतारमा जन्मिएको भएमा लगातार १० बर्ष र कतारबाहिर जन्मेको भएमा लतागार २० बर्ष कतारमा कानुनी हिसाबमा बसोबास गरेको हुनुपर्ने, बर्षमा ६० दिनभन्दा धेरै कतारबाहिर बसेको हुन नहुने, कतारमा बस्ने खर्च धान्नका लागि प्रयाप्त आम्दानी भएको हुनपर्ने, राम्रो सम्मान आर्जन गरेको हुनुपर्ने, अरबीकको बारेमा प्रयाप्त ज्ञान भएको हुनुपर्ने र स्मार्ट कार्ड आईडीबाहक हुनुपर्ने लगायतका प्रावधान पूरा गर्ने व्यक्तिले पीआर पाउनसक्नेछन् ।

इच्छुक व्यक्तिले सरकारी वेवसाइटमा गएर आफ्नो योग्यता परिक्षण गर्न सक्नेछन् । योग्य आवेदकलाई आन्तरिक मन्त्रालयले थप कागजात पेश गर्न र कतारी रियाल ३ हजार शुल्क तिर्नका लागि सुचीत गर्नेछ । विशेष कमिटिले आवदेनबारे छानविन गरेर निर्णय लिनेछ । र, सफल आवेदकलाई पीआर प्रदान गरिनेछ । पीआर पाउनेले थप ३ हजार कतारी रियाल शुल्क तिर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com