धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा वडाका स्थानीयवासी आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँधुलोले उनीहरूलाई झन हैरान बनाएको छ ।

 

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको उदासीनताका कारण सडकमा उडेको धुलोले स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै पसलमा राखिएका सामानसमेत बिग्रिएर ग्राहक पसलमा नआउने गरेको उपमहानगरपालिका–२ का साइकल व्यापारी गणेशप्रसाद भट्टको गुनासो थियो । उहाँले भन्नुभयो, “सडकको धुलोले स्वस्थ व्यक्ति पनि बिरामी भएको छ, धुलोले श्वासप्रश्वासमा समस्या भएकाले म स्वयम् पनि मेडिकल धाइरहेको छु ।” निर्माण कम्पनीले सडकमा दैनिक तीन पटकसम्म पानी हाल्ने सहमति जनाए पनि अटेरी गरेको सर्वसाधारणको आरोप छ तर निर्माण कम्पनीले भने सहमति कार्यान्वयनमा रहेको जनाएको छ ।

निर्माण कार्य शुरु भएको लामो समय बितिसक्दा पनि हालसम्म थोरै मात्र काम भएको गुनासो गर्दै सो उमहानगरपालिका–१३ का व्यापारी चुन्नुराम चौधरीले भन्नुभयो, “नेपालको कानून दैवले जानून्जस्तै भएको छ अझैसम्म समयमै काम नसिध्याउने र लापरवाही गर्ने ठेकेदार र निर्माण कम्पनीलाई कार्वाहीको दायरामा ल्याइएको छैन ।” सडकमा धुलो धुवाँका कारण वारिको मान्छे पारि र पारिको मान्छे वारि नदेखिने अवस्था छ । निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडक निर्माणको सम्झौता अवधि सकिन करीब एक महीना मात्रै बाँकी रहँदा निर्माणको काम भने केही मात्र भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com