न्युयोर्कमा आइसले अदालत परिसरबाट आप्रवासी पक्राउ गर्न नपाउने


प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

न्युयोर्कका अदालत परिसरबाट अब इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका एजेन्टहरुले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्न नपाउने भएका छन् । न्युयोर्क राज्यको अदालती प्रशासन कार्यालयले जारी गरेको निर्देशिका अनुशार बुधबारदेखि न्युयोर्कका अदालत परिसरबाट आइसले कानुनी वारेन्ट वा आदेशविना आप्रवासीलाई पक्राउ गर्न नपाउने भएको छ ।

विभिन्न मामलामा अदालतमा उपस्थीत भएका आप्रवासीहरुलाई आइसले अदालत परिसरबाट पक्राउ गरेर संघीय अध्यागमन हिराशतमा लैजाने क्रममा ट्रम्प प्रशासनले तीब्रता ल्याएपछि त्यसलाई रोक्न यस्तो कदम चालिएको हो । यो कदमको आप्रवासी अधिकारकर्मीहरुले प्रशंसा गरेका छन् ।

गतबर्षमात्र न्युयोर्कका अदालत परिसरबाट १७८ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको थियो । जबकी सन् २०१६ मा जम्मा ११ जना आप्रवासीहरु पक्राउ परेका थिए । ट्रम्प प्रशासनले अदालत परिसरबाट आप्रवासी गिरफ्तार गर्न थालेपछि कागजपत्रविहिनहरु अदालत जानसमेत डराउने अवस्था सृजना भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com