हुरीबतास र चट्याङबाट सतर्क रहन सरकारको आग्रह
प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार
xfjfx’/L k|efljt enjlnof ufpF xfjfx’/L k|efljt af/f lhNnfsf] km]6f ufpFkflnsfsf] enjlnof ufpF . t:jL/M xl/ afF:tf]nf, kf]v/f, /f;;
सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ। सरकारको राष्ट्रिय विपद केन्द्रले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै हावा हुरी र चट्याङ ३ दिनसम्म आउन सक्ने भएकाले यसबाट बच्न सबैमा अपिल गरेको हो।
अपिलमा भनिएको छ, ‘देशैभरी सामान्यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्यायाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा र असिना पानीको सम्भावना छ।’
बैशाख ०४ गते बुधबार
दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षारअसिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ ् उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
रातिस् देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षारअसिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ ्रउच्च पहाडी तथा हिमाली भू(भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
बैशाख ०५ गते बिहिबार
दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
रातिस् देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
बैशाख ०६ गते शुक्रबार
दिउँसोः देशका पहाडि भु–भागहरुमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागहरुमा आंशिक बदलि रहनेछ। पश्चिमी भु–भागका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ । रातिस् देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु–भागमा सामान्यतया सफा रहनेछ।






