वीरगञ्ज नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् ।
महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ । अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौँको एक ल्याबमा बिक्री गरिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।