काठमाडौँ नगर क्षेत्रः ६ वर्षमा १८६० रोपनी भूमाफियाको कब्जामा


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ ।

ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो ।

२०४६ सालमा पञ्चायती व्यवस्था ढलेसँगै मालपोत, भूमिसुधार र नापी कार्यालयका कर्मचारी तथा भूमाफिया मिलेर काठमाडौं नगर क्षेत्रमा पर्ने एक हजार आठ सय ५९ रोपनी १४ आना तीन पैसा तीन दाम जग्गा कब्जा गरेको सरकारबाटै गठित छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ। छानबिन आयोगले प्रतिवेदन २३ वर्षअघि यस्तो प्रतिवेदन दिएको थियो ।

२०४९ सालमा तत्कालीन भोगाधिकारी र त्यसपछि पटक–पटक विवादास्पद निर्णय गराएर माफिया, व्यापारी र मालपोतका कर्मचारीको मिलेमतोमा हडपिएको ललितानिवासको जग्गा फिर्ता तथा जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com