अष्ट्रेलियन सरकारद्वारा एउटा पीआर भिसा सहित तीनवटा नयाँ भिसाको घोषणा


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

अष्ट्रेलियन सरकारले एउटा पीआर भिसा सहित तीनवटा नयाँ भिसाको घोषणा गरेको छ । रिजनल अष्ट्रेलियाको लागि सरकारले तीन वटा नयाँ भिसाको योजना ल्याएको हो ।

नयाँ पीआर भिसा अर्थात सबक्लास १९१ भिसा सन् २०२२ नोभेम्बर देखि उपलब्ध हुनेछ । त्यसको लागि तीन वर्षसम्म अष्ट्रेलियामा बसेर काम गरेको हुनुपर्नेछ ।

त्यस्तै, यो वर्षको नोभेम्बर देखि सबक्लास ४९४ र सबक्लास ४९१ भिसा उपलब्ध हुनेछन् । यी नयाँ भिसाको घोषणा संगै सबक्लास १८७ अर्थात रिजनल स्पोंसर्ड माइग्रेसन स्किम भिसा र सबक्लास ४८९ अर्थात स्किल्ड रिजनल प्रोभिजनल भिसा बन्द भएका छन् ।

सबक्लास १८७ भिसाको ठाउँमा सबक्लास ४९४ , स्किल्ड इम्प्लोयर स्पोंसर्ड रिजनल भिसा लागू हुनेछ । सबक्लास ४९१ भिसा स्किल्ड वर्क
रिजनल (प्रोभिजनल ) भिसा हो । यो भिसा पोइन्टमा आधारित हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com